२०८१ आश्विन १९
९८५७६५०३३४, ९८५७६५००९३

अनुदानमा मुस्ताङका किसानले पाए हाते ट्रयाक्टर

परियोजना कार्यान्वयन ईकाईको अनुदानमा मुस्ताङका किसानलाई वितिरण गरेको हाते ट्याक्टर
जोसोम मुस्ताङः जेष्ठ २५ गतेको दिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई मुस्ताङले ५० प्रतिशत अनुदान सहुलियतमा २३ थान हाते ट्याक्टर उपलब्ध गराएको जानकारी दिएका  छन् ।
आर्थिक वर्ष २०७८÷०७९ को विनियोजित बजेटबाट किसानको मागका आधारमा ५० प्रतिशत अनुदान दिने गरी हाते ट्याक्टर वितरण गरिएको हो । त्यसै गरि कृषि यान्त्रीकरण उपकरण अन्तर्गत घाँस काट्ने रिफर, हाते स्प्रे, मटर चार्जर स्प्रे, सिकेचर करौती, डिजिटल तराजु, पावर स्प्रे र ग्रेडिङ मेसिनलगायतका उपकरण जिल्लाका २७ वटा कृषक, कृषि फार्म, समूह, सहकारी र प्रालि आदीलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ ।  कृषिमा यान्त्रीकरण गर्दै उत्पादन बढाउने र लागत घटाउने उद्देश्यसहित परियोजना कार्यान्वयन गरिएको परियोजना ईकाई मुस्ताङका कार्यालय प्रमुख सुधिर थापाल जानकारी दिएका छन् ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा २१ थान र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा २ थान खेत जोत्ने आधुनिक प्रविधिकोे हाते ट्याक्टर वितरण गरेको कार्यालय प्रमुख थापाले जानकारी दिएका छन् । अनुदानमा खरिद गरिएका २३ थान हाते ट्याक्टरको मुल्य २६ लाख ४५ हजार रहेको छ भने एक थान हाते ट्याक्टरको मूल्य १ लाख १५ हजार रुपैयाँ परेको छ । किसानले प्रति थान हाते ट्याक्टर खरिद गरि ५० प्रतिशत अनुदान पाउँदा ५७ हजार ५ सय रुपैयाँ मूल्य पर्न जाँदछ । त्यसै गरि परियोजना कार्यान्वयन ईकाई मुस्ताङले कृषि यान्त्रीकरणका सबै उपकरणहरु आधुनिक कृषि किसान संसार चितवनबाट खरिद गरिएको जानकारी दिएका छन् । किसानहरुलाई परम्परागत तरिकाले खेतबारी खन जोत गर्दा समय धेरै लाग्ने हुनाले मुस्ताङका किसानलाई आधुनिक प्रविधिको हाते ट्याक्टर ज्यादै उपयोगी हुने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्