मुस्ताङमा भएका सरकारी कार्यालयहरू हटाएर म्याग्दीमा राखिनु भनेको मुस्ताङबासीलाई अपमान गरिएको हो । किनभने दुरदराजको जिल्लामा बिकास गरिनु हुन्न भन्ने संकेत हो । यस बिषयमा मुस्ताङबासीले आवाज उठाउन जरूरी हुन्छ । जनतासंग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयहरूलाई मुस्ताङबाट अलग गराउनु भनेको बिकासबाट दुरदराजमा राख्न खोजिनु हो । यस बिषयमा सरोकार निकाय , जनप्रतिनिधि र मुस्ताङबासीहरू एक भएर खारेज र गाभिन लागेका सरकारी कार्यालय फिर्ता ल्याउन सक्नुपर्छ । गणतन्त्रको मजाक ,अरू कार्यालय थप गर्नेबेलामा झन भएको कार्यालय हटाउने गण्डकी प्रदेश सरकारको नियत गलत छ । किनभने मुस्ताङबाट काम गर्न म्याग्दी जान असहज छ यस बिषयमा जनप्रतिनिधिहरू बोल्न सक्नुपर्छ । अहिलेको ब्यवस्थाले मुस्ताङलाई हिमालपारीनै पुर्यायो लौन बेलैमा सोचौ है हिमाली जिल्ला मुस्ताङलाई अन्याय बिभेद र अपमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्