२०८२ बैशाख १५
९८५७६५०३३४, ९८५७६५००९३

श्री गण्डकी कोटिहोम महायज्ञको सम्पर्क कार्यालय स्थापना

पोखरा । पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

एक युगमा एक पटक इतिहासमा पहिलो पटक आयोजना हुन लागेको श्री गण्डकी कोटिहोम महायज्ञको बारेमा भक्तजनहरुलाई जानकारी प्राप्त गर्नको लागि सहज होस् भन्ने उद्देश्यका साथ सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

कोटिहोम महायज्ञको बिषयमा थप जानकारी प्राप्त गर्नको लागि ०६१ ५८४७०१,९८५६०८२२९०,९८५६०८२२९१,९८६३२५२१२१ र ९८०५२५२१२५ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्