२०८१ भाद्र ३०
९८५७६५०३३४, ९८५७६५००९३

नगर यूवा परिषदको पञ्चवर्षीय रणनीतिक कार्ययोजनाका लागि यूवा वर्गबाट सुझाव संकलन

पोखरा । “समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा“ भन्ने मूल नारासहित पोखरामा शुक्रवार नगर यूवा परिषद पोखरा महानगरको पञ्चवर्षीय रणनीतिक कार्ययोजना माथी छलफल गरिएको छ । पोखरा युवा परिषद्को आयोजना तथा अकाउन्टिबिलिटी नेपालसँगको सहकार्यमा शुक्रवार व्यवसाय, सामाजिक संघसंस्था, खेलकुद, शिक्षा तथा सन्चार क्षेत्रमा आवद्द युवा वर्गको उपस्तिथिमा कार्यक्रम गरिएको हो ।

 

कार्यक्रममा पोखरा युवा परिषदको रणनीतिक कार्य योजनामाथी छलफल तथा सुझाव संकलन गरिएको हो । पोखरा युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले कार्यक्रममा परिषदको भावी रणनीतिक कार्ययोजनाका बारेमा जानकारी गराएका थिए । अर्ध औपचारिक हिसाबले सुरु गरिएको कार्यक्रममा सहभागीहरुलाई पाँच समुहमा बिभाजन गरिएको थियो ।

पहिलो समुहलाई नगर यूवा परिषदको पञ्चवर्षीय रणनीतिक कार्ययोजना अन्तर्गत रहेको व्यवहारिक शिक्षा बिषय दिइएको थियो । त्यस्तै दाेस्रो समुहलाई उधमशीलता बिकास तथा यूवाको आर्थिक विकास, तेस्रो समुहलाई स्वास्थ्य तथा सामाजिक सुरक्षा, चौँथो समुहलाई यूवाहरुको सरकार सँचालनमा संलग्नता तथा पाँचौं समुहलाई कला, साहित्य मनोरञ्जन तथा पर्यटन बिषयमाथी छलफल गर्न दिइएको थियो ।

यी बिषयमा छलफल गर्न प्रत्येक समुहलाई एक÷ एक घण्टाको समय दिइएको थियो भने अन्तिम्मा परिषदको रणनीतिक कार्ययोजनामाथी सुझाबवसहित समुह नेताले प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा यूवाहरुले महत्वपूर्ण सुझाव प्रस्तुत गरेको कार्यकारी उपाध्यक्ष न्यौपानेले जानकारी दिए ।

सुझाव संकलन पश्चात मस्यौदामा केही बिषय थप गर्ने तथा केही बिषय सुधार गर्ने प्रतिबद्धता नगर यूवा परिषदका उपाध्यक्ष न्यौपानेले गरे । नगर यूवा परिषद पोखरा महानगरपालिकाका कार्यकारी उपाध्यक्ष न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकाउन्टिबिलिटी ल्याव गण्डकि प्रदेश संयोजक पुष्पराज कोइरालाको बिशेष उपस्थिति रहेको थियो ।

यस्तै एकाउन्टिबिलिटी ल्यावका ट्राफ्टिङ मेम्बर तथा मस्यौदा समिति सदस्य अन्जु दाहाल, मनिशा अधिकारी, शैलताज कुँवर, नगर यूवा परिषदका सदस्य कृतन वाग्ले, पोखरा महानगरका शिक्षा अधिकृत सोमप्रशाद भण्डारी, पहिलो पाइला नेपालका पदाधिकारीहरु, यूवा व्यवसायी उज्जवल आचार्य, अर्का यूवा व्यवसायी जुपिटर पौडेल, जेसिआई पोखराका अध्यक्ष देवराज शर्मा, विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ नेपालका प्रतिनिधि अनिल भट्टराई लगायत चर्चित यूवा उद्धमी तथा कला, साहित्य र खेलकुद क्षेत्रमा आबद्द यूवाहरुको उपस्थिति रहेको थियो ।

प्राप्त सल्लहरुलाई समेटेर आगामी संविधान दिवसको दिन असोज ३ गते नगर यूवा परिषदले आगामी पाँच बर्षमा गर्ने कामहरुलाई समेटेर पञ्चवर्षीय रणनीतिक कार्ययोजनाको अन्तिम खाका सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्