२०८१ भाद्र ३०
९८५७६५०३३४, ९८५७६५००९३

निरन्तर पहिरो जाने सडकमा बिकल्प खोजौ

Landslide In Mustang

बैज्ञानिक ढंगबाट बेनी जोमसोम सडकको डिपिआर नगरी सरकारी बजेट झ्वाम् पार्ने तलदेखि माथिसम्मको सेटीङको कारण समस्या आउने गरेको छ । नेपालका प्राबधिक पनि कस्ता हुन डोजरे बिकासलाई मात्र मान्यता दिने ।बर्षेनी राज्यको मोटो रकम बेनी जोमसोम हिले पहिरो सडकमा खर्चेपनी बाटोको अन्य बिकल्प छैन । यो पाराले दिगो सडकको आशा जनताले कहिलेसम्म गर्न पाउने आशा निराशामा किन परिनत हुन्छ ।यो पाराले बिकास नभै बिनाश निम्त्याउछ बेलैमा सडकको समधान सुरूङमार्ग अथवा अरू बैकल्पिक सडक मार्गको लागि बेलैमा सोचौ ।

सरोकार निकाय कानमा तेल हालेर बस्ने जनप्रतिनिधिहरू समधान खोज्ने होइन भत्केपछि यो र त्योको कुरागरी पत्रकारको भूमिका निभाउने ।सडकको ठेक्दार घाटा लाग्न थालेसी कम्पनी बेचेर भाग्छन् सडक अलपत्र पर्दापनि सोधखोज हुदैन ।दुरदराजमा रहेको जिल्ला पहिरोको कारण क्षितिजपारी सधै हुनेगरेको छ कम्सेकम ठेक्दार , ठुलाबडाको लागि भएपनि बाटो खुलाउ । किनभने जनतात कामपरे मात्र झर्नेहो गार्होत ठक्दारहरूलाइनै हो होईनर ।सधैभरीको समस्या भएरपनि समधानको खोजि नहुनु भनेको सरकारी काम कहिले जाला घाम भनेसरह हो । नत्र ठोस योजनाका साथ काम किनहुन्न जनता जान्न चाहन्छन् ।

बेनी जोमसोम सडकखणडहरूको धेरैजसो स्थानहरूमा हिउँदमा सुख्खा पहिरो र बर्षातमा बाढीपहिरोको कारण मुस्ताङबासीहरूले शास्ती खेपेका छन् ।दीर्घकालीन रूपबाट समस्याहरूको समधान गर्नतर्फ लाग्न जरूरी हुन्छ । किनभने जबसम्म बैकल्पिक सडकको ब्यवस्था हुन जरूरी हुन्छ ।यसको लागि कांस्कीको नयाँपुल हुंदै बिटठांटी घोरेपानी शिखघारा हुदै म्याग्दीको घरापबाट पारीबाटै मुस्ताङको घांसा जोड्ने सडक बनाएमा मुस्ताङबासीहरूलाई सहजता हुनेछ ।अर्कोतर्फ हालको बेनी जोमसोम सडक खण्डहरूमा जहाँ जहाँ पहिरो जान्छ त्यहाँ बैकल्पिक सडक बनाउनतर्फ लाग्नु पर्छ । तबमात्र हिउँद बर्षातको समयमा पनि निरन्तर सडक सुचारू हुनेछ यसको लागि सरोकार निकायहरूको ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस्