२०८१ आश्विन १९
९८५७६५०३३४, ९८५७६५००९३

बालेनले भौतिक पूर्वाधार मन्त्री महासेठलाई उपहार भन्दै सडक डिभिजन काठमाडौँमा एक ट्रक धुलो खन्याए

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह चक्रपथ विस्तारको दोस्रो खण्डको काम समयमै सुरु नभएको भन्दै आक्रोशित भएका छन् । कलंकी कोटेश्वर खण्डको काम समयामै सुरु नहुँदा काठमाडौंका जनताले धुलो खान परेको भन्दै मेयर शाहले शनिबार उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलाई एक ट्रक धुलो र फोहोर उपहार पठाएका छन् । महानगरको ट्रकले बोकेको एक ट्रक धुलो सडक डिभिजन काठमाडौँको गेटमा खन्याइएको छ ।

‘माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु, तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ ।

यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्वीकार्नु होला । ’

प्रतिक्रिया दिनुहोस्