अब त्रिविले अंग्रेजी र नेपाली दुबै भाषामा प्रश्न सोध्ने

 

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको वार्षिक परीक्षामा अब नेपालीमा पनि प्रश्न सोध्ने भएको छ । विश्वविद्यालयले अंग्रेजीमा मात्र प्रश्न सोध्दा प्रश्न नबुझ्ने समस्या आएको र जानेको विषयमा लेख्न नसकिएको गुनासो बिद्यार्थीहरुले गर्दै आएका थिए ।

यसअघि अंग्रेजी भाषामा मात्र प्रश्न सोधिदै आएकोमा अब अंग्रेजी र नेपाली भाषा दुबैमा प्रश्न सोधिने भएको हो ।  विश्वविद्यालयले सूचना जारी गर्दै चैत १५ मा बसेको त्रिवि प्राज्ञिक परिषद स्थायी समितिको बैठकले स्नातक तह प्रथम वर्षको आगामी परीक्षादेखि यो लागू गर्ने र आगामी दिनमा दोस्रो, तेस्रो र चाैथाे तहमा पनि लागू गर्ने निर्णय भएको जनाएको छ ।

 

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *