२४ सै घण्टा खुल्ने पोखरामा सशस्त्र प्रहरी बलले सञ्चालन गरेको पेट्रोल पम्प

प्रतिलिटर १० रुपैयाँले घट्यो इन्धनको पुल्य

 

पोखरा:   उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरिरहेका पेट्रोल पम्प अबदेखि २४ सै घण्टा खुल्ने भएका छन् ।  पोखराको मालेपाटनमा सशस्त्र प्रहरी बलले सञ्चालन गरेको कालिका फ्युल स्टेशन २४ घण्टा सै घण्टा खुल्ला रहने भएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले मालेपाटनमा सशस्त्र प्रहरी बलले सञ्चालन गरेको कालिका फ्युल स्टेशनसँगै मुख्य पर्यटकीय क्षेत्र स्थल सहित अन्य अत्यावश्यक वस्तु र सेवा  पनि क्रमशः २४ घण्टा नै खुला हुदै जाने बताएका छन् ।

नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गरिने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

 

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *