कोही किन राजनीतिमा आउँछन ?

 

गठबन्धन विरुद्ध र जहिले एउटै मान्छे जहिले एउटै मान्छे भनेर त्यस विरुद्ध लड्न म राजनीतिमा आए : रास्वपाकी प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठ

पोखरामा जारी सुर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिबलको ११ औं संस्करणको तेस्रो दिनको कोही किन राजनीतिमा आउँछन ? विषयक सत्रमा पर्यटनमन्त्री एवं माओवादी नेता सुदन किराती, प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता प्रदीप पौडेल, रास्वपाकी प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठ र एमालेबाट निर्वाचित बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा वक्ता थिए । उक्त सत्रलाइ बसन्त बस्नेतले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए ।

कोही राजनीतिमा किन आउँछन ? भन्ने शिर्षकमा पर्यटनमन्त्री किरातिले आफु हङक्ङमा जन्मिएको र बुर्नाइमा बरगर खादा नेपाल आएको म गाँउमा आएर बाँसी भात खान पाइना अनि त्यहाँको समाज र यहाँको समाज एउटै पाइन्न र म राजनीतिमा लागेँको सुनाए,
उनले भने: बुद्दि भएको मान्छे नैे राजनीतिमा आउनु स्वभाविक हो तर यदि बुद्दि भएको मान्छे राजनीतिमा नआउदा बुद्दिहिन मान्छेले तपाईमाथि शासन गर्दछ र देशले दुख पाउँछ । त्यसैले बुद्दि भएका मान्छेलाइ राजनीतिमा लाग्न समेत मन्त्रि किराँतिले आवहान गरे ।

कार्यक्रममा पर्यटनमन्त्रि किराातिको आफ्नो हालसालै भाइरल भएको मन्त्रालयमा पोछ लगाएको भिडियोको प्रसंग पनि आउदा माथिल्लो तहको हाकिमले तल्लो कर्मचारीलाई कसरी पेल्छ भनी सन्देश दिन खोजेको बताए । पर्यटनमन्त्रिले गितको बोल निकाल्दै तिर्खा लायो पानी खाए मैले के बिराए भन्दै मन्त्रीले आफुले काम गरेको बताए ।

प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता प्रदीप पौडेले आफ्नो उपस्थितिले के भयो भएना भन्दापनि आफु जहिले राम्रो गर्न चाहेको उनले बताए ।

२०४६ सालको योगदान र ०६२/०६३ सालको आन्दोलनमा आफु जेल समेत बसेको योगदान सबैले सकरात्मक तरिकाले नलिए पनि अझै केही राम्रो गर्न सकिन्छ कि भनि निरन्तर राजनीतिमा लागेको बताए । काङ्ग्रेसमा प्रदिप पौडेलले आफू ३५ वर्षको भएर लड्दै गर्दा ३५ दिनको कोहि अर्को व्यक्ति आएर जित्छ भने जित्न दिनु पर्ने सुनाए ।

नेकपा एमालेबाट निर्वाचित बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले आफु राजनीतिमा फरक ढङ्गले काम गर्न आएको । आफु अति निम्न वर्गिय मान्छे अभाव, दलन र मार्कसवादि चिन्तनले बढि अभिप्रेरित गराएको उनी बताउँछिन । हरेक क्षेत्रमा दलन र विभेद भएको र ति समस्याको समाधान गर्न राजनीतिमा आएको सुनाउछिन ।

रास्वपाकी प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठ राजनीतिमा किन आएको भन्ने प्रश्न गर्दा गठबन्धनका विरुद्ध आएको, उनले भनिन जहिले एउटै मान्छे जहिले एउटै मान्छे हुदैन भनि प्रतिकार गर्न म राजनीतिमा लागेको भनि सुनाइन । भित्रै मनदेखि यो समाजलाइ मैले जानेको गर्छु भनि राजनीतिमा आएको बताइन

सहजकर्ता बसन्त बस्नेतले रास्वपाकी प्रतिनिधिसभा सदस्य श्रेष्ठलाइ सोधे: आफ्नो पार्टीको नेतृत्वको बारेमा आइरहदा तपाइको प्रश्न नउठेको कि मैले नसुनेको ? उनले बताइन लोकतन्त्र व्यवस्थालाई दोष गरेर आफ्नो अधिकार प्रयोग नगर्नु गल्ती हो प्रतिपक्षले मात्र नभइ सत्तापक्षले पनि प्रश्न गर्न’पर्ने उनले सुनाइन । हामीले त्यो पार्टीको सांसद यो पार्टी सांसद भन्ने भाष्य निर्माण गर्नु हुन्न, उनले भनिन: राजनीतिलाई मनोरञ्जनको थलो नबनाउ नतिजा ल्याउ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *