चण्डीश्वरी प्राथमिक बिधालयकाे ४१ वार्षिकोत्सब सम्पन्न

 

पाल्पा/ चण्डीश्वरी प्राथमिक बिधालय बगनासकाली गाउँ पालिका ३ चौपारीको ४१ औँ वार्षिकोत्सब सम्पन्न भएको छ ।

बगनासकाली गाउँ पालिका प्रवक्ता तथा वडा नँ ३ का वडा अध्यक्ष टीका बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि थापाले गाउँ पालिका भित्र रहेका बिधालयको विकासका निम्ति पालिकाको तर्फवाट आफुले सक्दो सहयोग गर्न तयार रहेको र विधालयको हितलागि शिक्षक अभिभावकहरुको सहयोगको खाँचो रहेको उल्लेख गरे।

कार्यक्रममा वडा नं ३ का वडा सदस्य तथा समाजसेवी युवराज श्रेष्ठले बिधालयमा अध्ययनरत बिधार्थिहरुलाई झोला तथा अन्य शैक्षिक सामाग्रीहरु बितरण गरेका थिए ।आफ्नो वडा भित्र रहेका बिधालयमा शैक्षिक सामाग्री बितरण गर्दै जाने उनले बताए । कार्यक्रममा बिधालयका प्रअ खड्क बहादुर झेडीले यश आर्थिक वर्षको करिब १७ लाख ६५ हजार बराबरको आम्दानी खर्च सार्वजनिक गर्दै बिधालयको बिकासका निम्ति सबै पक्षको सहयोगको खांचो रहेको बताए ।

वार्षिकोत्सब सभामा बगनासकाली खेलकुद समन्वय समितिका संयोजक तथा युबा नेता डेन्जिक रायमाझी पत्रकार किरण रसाली कृषि प्राबिधिक नारायण न्यौपानेले शुभकामना सहित आफ्ना भनाई हरु राखेका थिए ।बिधालय व्यवस्थापन समितिकी अध्यक्ष हेमकला रानाको अध्यक्षता तथा शिक्षिका निसा दर्लामी कुवरको संञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *