२०८१ आश्विन १९
९८५७६५०३३४, ९८५७६५००९३

पाल्पाको बगनासकाली गाउँपालिकाको १५औं गाउँ सभा सम्पन्न

 

पाल्पाः पाल्पाको बगनासकाली गाउँपालिकाको १५ औं गाउँ सभा सम्पन्न भएको छ । विधेयक अधिवेशन ,वगनासकाली गाउँ पालिकामा सम्पन्न भएको छ। गाउँ सभामा विषयगत समितिका संयोजकहरुले आ ( आफ्नो समितिले तैयार गरेको प्रतिबेदनहरु सभामा पेस गरेका थिए।

चालु आवको हाल सम्म रु ५६ लाख , ८१ हजार , ५६ रुपैया आन्तरिक आय संकलन भएको समितिका संयोजक हरिप्रसाद पाठकले जानकारी दिए। यसै गरि ७ करोड ९६ लाख रुपैयाँमा ७७ लाख वेरुजु रहेको हुदा सम्परीक्षण वाट वेरुजु रकम कम हुने सक्ने समितिका संयोजक कृष्ण प्रसाद बस्यालले जानकारी दिए ।

१२ वटा विभिन्न समितिका संयोजकहरुले सभामा पेस गरेको प्रतिबेदन ,समितिले काम गर्दा आइ परेका समस्या र सफलता अनि आगामी कार्यक्रम का बारेमा प्रस्तुत गरिएको थियोे । प्रश्नोत्तर कार्यक्रम मा बोल्दै सभा सदस्य कृष्ण प्रसाद भुसालले बेरुजु बढ्नु राम्रो संकेत नभएको , बिधालयमा बिद्यार्थी भन्दा शिक्षक धेरै रहेको, कर्मचारीहरु लाई सहि परिचालन गर्न नसकिएको परिणाम आउने गरि कार्यक्रम हुन नसकेको हुदा त्यस कुरामा ध्यान दिन अनुरोध गरे ।

अर्का सभा सदस्य यमलाल तिमिल्सिनाले पालिकाले गरेका गतिविधिहरु जनस्तर सम्म लैजानु पर्ने ,कर्मचारी व्यवस्थापन गर्नुपर्ने , योजना अनुगमन गर्दा प्रतिपक्ष लाई समेत समावेश गर्नुपर्ने ,मोटर बाटोको वर्गीकरण र मापदण्ड मा ध्यान दिन आग्रह गरे । गाउँ सभाले आर्थिक विधेयक २०८०, वन तथा वातावरण सम्बन्धि विधेयक २०८०, खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धि विधेयक २०८० सर्वसहमत पारित गरेको छ।

सभाको अवसरमा बगनासकाली गाउँ पालिका वडा नं २ छतिवनका सामाजिक अभियन्ता पदम राना लाई सम्मान गरिएको गाउँपालिकाका प्रवत्ता टीका बहादुर थापाले जानकारी दिए । सभामा उठेका प्रश्नहरुको जवाफ पालिकाकी अध्यक्ष सरस्वती चिदीले दिईन । प्रमुख प्रशासकिय अधिकृत बद्रीनाथ लम्सालको सन्चालन र पालिका अध्यक्ष सरस्वती चिदीको अध्यक्षतामा सभा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्