
पुष,४ जाेमसाेम/मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका-१ चराङमा रहेको बर्थिङ सेन्टरबाट यस आर्थिक वर्षको ६महिना हुदाँ सम्म पनि एकजनाले पनि प्रसूति सेवा नलिएको गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख पासाङ डोल्मा गुरुङले जानकारी दिईन ।
गाउँपालिकामा रहेको एकमात्र बर्थिङ सेन्टर मा प्रर्याप्त जनशक्ति र सुबिधा हरु रहेता पनि स्थानियहरु सेवा लिन नआउने गरेको उनले बताईन । त्यसका लागि स्वास्थ्य शाखाले बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्ने गरेता पनि त्यसको प्रभाव न्यून रहेको वडा नं १ का वडा अध्यक्ष टै धुन्टु ठकुरीले बताए ।
लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा आर्थिक वर्षको ६ महिनामा मा २ जनाले घरमै बच्चा जन्माएका छन् भने ३ जनाले जिल्ला बाहिर बच्चा जन्माएको शाखा प्रमुख गुरुङको भनाइ छ । १ हजार २ सय ९२ जनसङ्ख्या रहेको यस पालिकामा गतआर्थिक वर्ष ०७९/०८० मा बर्थिङ सेन्टरबाट प्रसूति सेवा लिनेको संख्या शून्य रहेको थियाे ।
प्रतिक्रिया दिनुहोस्