मुस्ताङकाे दिव्यदीप माध्यमिक बिधालयले पोखरामा भवन बनाउदै, भवन बनेपछी घुम्ति बिधालय संञ्चालन गर्न सहज हुने

 

मंसिर ३०,जोमसोम/ लोमान्थाङ गाउँपालिकामा रहेको दिव्यदीप माध्यमिक बिधालय छोसेरको पोखरा महानगरपालिका २६ विजयपुरमा घुम्ती छात्रावास सहितको ४ तले पक्की भवनको निर्माण कार्य भईरहेको छ ।

करिब ४ करोड ३१ लाख ७३ हजार रुपैयाँको लागतमा बिधालयको भवन निर्माण कार्य भईरहेको लोमान्थाङ गाउँपालिकाका सवईन्जिनीयर उदय तिमिल्सिनाले जानकारी दिए। उपल्लो मुस्ताङमा रहेका बिधालयहरुले प्रत्येक बर्षको हिउँदयामको हिमपात र जाडो छल्न बेसी झार्ने गरेको र विद्यार्थीहरुको पठनपाठनमा भवन निर्माण भए संगै सहज हुने बिधालयले जनाएको छ । हिउँदमा प्रत्येक वर्ष घुम्ती कक्षा संञ्चालनका लागि पोखरामा महङ्गो खर्च गरी भवन भाडामा लिनुपर्ने अवस्था र भवन खोज्दै हिड्नु पर्ने समस्या हुने र बिधालयलाई थप आर्थिक भार थपिने हुदाँ भवन निर्माणलाई अगाडी बढाएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बताए ।

संघीय सरकारको विशेष अनुदान र गाउँपालिकाको समानिकरण बजेटबाट दिव्यदीप माध्यमिक बिधालयको घुम्ती छात्रावास निर्माण काम अगाडी बढेको हो । पोखरामा रहेको विद्यालयको आफनै जग्गामा ४ तले घुम्ती छात्रावास भवन २ बर्षमा सक्ने गरि निर्माण कार्य भईरहेको र भवनकाे हालसम्म भौतिक प्रगती ४० प्रतिशत र वित्तिय प्रगती ३५ प्रतिशत रहेको निर्माण कम्पनीका प्रतिनिधि सुरेश न्यौपानेले जानकारी दिए । निर्माणधिन बिधालयको ४ तले भवनमा आवासिय सुविधा,कक्षा कोठा,पुस्तकालय, बिज्ञान प्रयोगशाला, कम्प्युटर ल्याव,लाईबेरी हल,बाथरुम ÷शौचालय र कार्यालय कक्ष रहने बिधालयले जनाएको छ ।

हिउँदयाममा विद्यालय रहेको स्थानमा पठनपाठन संञ्चालन गर्न असहज हुँने र अधिक चिसो र हिमपातले त्यहाँ विद्यालय संञ्चालन गर्न विद्यार्थीहरुको स्वास्थ्यमा समेत समस्या आउन सक्ने भएकाले उपल्लो मुस्ताङका सामुदायिक तथा निजी बिधालय र गुम्बामा अध्ययन गर्ने बिधार्थीहरुलाई जाडो छल्न बेसी झार्ने गरिन्छ ।उपल्लो मुस्ताङका विद्यालयहरुले मंसिरको पहिलो हप्तामानै विद्यार्थीहरुलाई बेसी झारेर पठनपाठन संञ्चालन गर्दै आएका छन्।

यसरी जाडो छल्न बेसी झरेका विद्यालयहरु हिउँदयामको चिसो घटेपछि पुन साविककै स्थानमा पुगेर बिधालयमा संञ्चालन गर्ने गर्छन् । यसवर्ष पनि उपल्लो मुस्ताङको लोमान्थाङ गापाका ३ सामुदायिक,४ गुम्बा र २ निजी विद्यालयहरू घुम्ती कक्षा संञ्चालन  लागि पाेखरा लगायत आसपासका क्षेत्रमा रहेका  छन् । दिव्यदीप माध्यमिक बिधालयमा हाल ५५ जना विद्यार्थीहरुले अध्ययन गदै आएका छन्।

 

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *