एक हप्ता बन्द हुदै उपल्लो मुस्ताङ (कोरला) सडक खण्ड

File Photo

मुस्ताङः गण्डकी प्रदेश मुस्ताङ जिल्ला दामोदरकुण्ड गाउँपालिका–२ घमी स्थित घमी खोलाको अस्थायी काठे मोटरेबल पुल मर्मत कार्यका लागि घमी देखि चराङ ,लोमान्थाङ र कोरला पहुँचमार्ग सडक असार २० गतेदेखि असार २७ गतेसम्म एक हप्ताका लागि पूर्व रुपमा बन्द गरिने लोघेकर दामोदरकुुण्ड गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले लोघेकर दामोदरकुण्ड–२ घमी स्थित घमी खोलामा अवस्थित अस्थायी काठे पुल जीर्ण भएको र जीर्ण पुलबाट सवारी साधन आवत–जावत गर्दा जोखिम हुने भएकाले मर्मतका लागि सडक बन्द गर्नु परेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले शुक्रबार  सूचना प्रकाशित गरी सडक आवागमन पूर्ण रुपमा बन्द हुने जानकारी गराएको हो ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *