२०८२ बैशाख १७
९८५७६५०३३४, ९८५७६५००९३

हिउँदयाम सुरु भएसँगै अधिकांश सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी जिल्ला बाहिर

साङ्केतिक तस्विर

मंसिर,२६ जोमसोम /जिल्लामा रहेका अधिकांस  सरकारी कार्यालयका  प्रमुख तथा कर्मचारीहरु बिदा तथा अन्य प्रयोजनका निम्ति जिल्ला बाहिर जादा सेवाग्राहीले भने सास्ती पाउने गरेका छन् ।

जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाईका कार्यालय प्रमुख,जिल्ला समन्वय मुस्ताङका प्रमुख तथा जिल्लामा रहेका ५ स्थानिय तहका एक दर्जन भन्दा बढी कार्यालयका प्रमुख तथा कर्मचारी लामो समय तालिम तथा बिदामा जिल्ला बाहिर बस्दा सेवा लिन कार्यालय पुगेका सेवाग्राहि रित्तो हात फर्कनु परेको एक सेवाग्राहि टेक बहादुर बिकले बताए ।

यस्तै कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखको केही समय अगाडी सरुवा भएको र नयाँ कार्यालय प्रमुख नहुदा कार्यालयको दैनिक कामकाजमा असर परेको सेवाग्राही हरू बताउछन्।

नागरिकसँग प्रत्यक्ष जोडिएका कार्यालयमा प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या हुदै आएको छ । सरकारी कार्यालयका कर्मचारीले जिल्ला बाहिर कार्यालयको कामको सिलसिला वा घर बिदामा जाँदा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने व्यवस्था छ ।’
सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन प्रत्येक कार्यालयमा बिदा तथा कार्यालयको कामले जिल्ला बाहिर जादा निमित्तको ब्यवस्था गरि काम अगाडी बढाउन निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

उनले भने बिना प्रयोजन कार्यालयमा अनुपस्थित हुने कर्मचारीलाई भने कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए । हिउँदको समयमा जिल्लाका अधिकांस सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरु कार्यालयमा नबस्ने जनगुनासो बढ्दै गई रहेको छ । मुस्ताङ जिल्लामा ४५ वटा सरकारी कार्यालय रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्