२०८१ मंसिर २७
९८५७६५०३३४, ९८५७६५००९३

इजाजत नलिई भित्रिएका संञ्चारसेट र भारतिय गाडी प्रहरी नियन्त्रणमा

 

मंसिर १४ जोमसोम/नियमित सुरक्षा चेक जाँचको क्रममा घाँसा प्रहरी चौकीले इजाजत नलिई ल्याईएका १० थान वाकिटकि संञ्चार उपकरण जफत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुस्ताङ घुम्न आएका भारतीय पर्यटकको साथ बाट उक्त साम्रगी बरामद गरिएको हो।नेपालको कानुन अनुसार रेडियो ऐन, २०१४ अनुसार बिना अनुमति यस्ता साम्रगीको प्रयोग गैरकानुनी मानिन्छ ।

यस्तै भन्सार पास नगरि नेपाल भित्रिएको केए ०३ एनसी ०४३२ नम्बरको भारतीय निलो रङको गाडीलाई नियन्त्रणमा लिएको छ । । प्रहरीका अनुसार नेपाल घुम्नको लागि आवश्यक कागजात र सवारी भन्सार पास नभएको हुदा ।गाडीलाई नियन्त्रणमा लिइ  थप कारर्वाहीका लागि भन्सार कार्यालय जोमसोम पठाएको प्रहरी निरीक्षक मिलनबहादुर विकले जानकारी दिए ।

भारतीय सवारी साधनहरु नेपाल प्रबेश गर्दा दैनिक ६ सय रुपैया र मोटरसाईकलको हकमा २ सय रुपैयाका दरले सम्वन्धित निकायको भन्सार कार्यालयमा इजाजतको लागि राजश्व बुझाउनु पर्ने हुन्छ । यसरी राजश्व तिरेर भित्रिएका सवारी साधनहरु नेपालमा एक वर्षमा ३० दिन भन्दा बढी राख्न नपाईने नियम रहेको मुस्ताङ भन्सार कार्यालयका नायव सुब्बा होमबहादुर बिष्टले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्