२०८१ भाद्र ३०
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङका दुई चक्रपथ निर्माणमा ढिलाई

 

मंसिर १३,जाेमसाेम/ गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक रणनैतिक महत्वको सडक निर्माण योजना अन्तरर्गत घरपझोङ गाँउपालिका र लोमान्थाङ गाँउपालिकाको चक्रपथ (रिङ्गरोड) निर्माण गरेता पनि हाल सम्पन्न हुन नसकेको स्थानिय बताउछन् ।
आर्थिक वर्ष २०७६÷७७बाट शुरु गरिएको यस योजना सरकारको सार्वजनिक खरिद ऐनको बाह्रौँ संशोधन अन्तरर्गत बाधा अट्काउ फुकाउको आधारमा पाँचौै पटक म्याद थप गर्दा पनि सडक निर्माणको काम अगाडी बढ्न नसकेको स्थानियहरुले गुनासो गरे ।

करिब २४करोड ४५लाख ७४हजार ६ सयको लागतमा एमएस बन्दना, भगवति जेभिसंग सम्झौता गरिएको जोमसोम–ठिनी,दुम्बा-छैरो,मार्फा,स्याङ हुदै जोमसोम जोड्ने करिब १० कि.मी सडकको ६६ प्रतिशत मात्र कार्य सम्पन्न भएको पूर्वाधार बिकास कार्यालयका सुचना अधिकारी घनश्याम रोक्का मगरले हिमालपारिको आवाजलाई जानकारी दिए ।
यता लोमान्थाङ–ठिङ्गर,किमलिङ–चुमजुङ,न्याम्डो हुदै नेचुङ जोड्ने सडकको करिब ९५प्रतिशत कार्य सम्पन्न भएको छ झण्डै १० दशमलव ५ कि.मी लम्बाई रहेको यस सडकको कुल लागत २४ करोड ४५लाख ९सय१० रुपैयाँमा इमोटल कन्ट्रक्सनले काम गर्ने जिम्मा लिएको थियाे ।

यो सडकको सम्पूर्ण भागमा ग्राभेल गरी फिनिसिङको काम मात्र बाकी रहेको निर्माण कम्पनीले जनाएको छ । यता त्यस क्षेत्रका जनप्रतिनिधिहरुले भने सडक निर्माणमा निर्माण व्यबसायीले सम्झौता बमोजिम गुणस्तरीय काम नगरेको आरोप लगाउदै आएका छन् ।

नाली सहितको ८ मिटर चौडा रहेको यस सडक निर्माण भएसंगै स्थानीय,आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आवतजावतमा सजिलो हुनुको साथै गाँउमा उत्पादन भएका कृषि उपजका साम्रगी ढुवानीमा सहज हुने स्थानियहरू बताउछन् ।

यही आर्थिक वर्ष २०८०/८१मा काम सम्पन्न हुने कुरा पृर्वाधार विकास कार्यालय मुस्ताङले जनाएता पनि स्थानीयबासी भने काम सम्पन्न हुने कुरामा ढुक्क हुन सकेका छैन्।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्