२०८१ भाद्र ३०
९८५७६५०३३४, ९८५७६५००९३

काेरला नाकामा बढ्याे चहल पहल

मंसिर ११,जाेमसाेम/ लामाे समयदेखी  बन्द रहेको कोरला नाका गत कार्तिक २७ गते बाट खुल्ला भएसगै आर्थिक गतिबिधिमा बृद्धि भएको छ ।नाका खुलेसगैँको १५ दिनको अवधिमा १लाख ८१ हजार रुपैयाँ भन्दा माथि राजस्व संकलन भएको नाकामा रहेको नेचुङ भन्सार कार्यालयले जनाएको छ ।

नाका खुल्ला भए सगै हाल सम्म १ हजार २ सय २९ जनाले सिमा वारपार गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।उक्त भन्सार नाका हुदै नेपालबाट पस्मिना, यार्सागुम्बा, आलु र फापर लगायतका स्थानीय उत्पादन निर्यात हुन्छन् भने चीनबाट निर्माण सामग्री, खाद्यान्न, लत्ताकपडा, किराना सामग्री, कस्मेटिक, भाँडावर्तन, कृषि उपकरण र भेडा,च्यांग्रा आयात गरिन्छ ।

कोरला नाका बन्द भएसँगै तिब्बतबाट भेडा,च्यांग्रा आयात रोकिँदा नेपालमा भेडा,च्यांग्रा महङ्गिएका थिए। मुस्ताङ जिल्लामा प्रसिद्ध धार्मिक स्थलहरू मुक्तिनाथ,कागबेनी र दामोदरकुण्ड जस्ता स्थान रहेको र मुस्ताङ यात्रासंगै तिब्बतमा रहेको कैलाश मानसरोवरसम्मको यात्रा कोरला नाका हुदै सडक मार्गबाट छोटो हुने भएकाले यस नाकालाई धार्मिक पर्यटनसंग समेत जोड्न सकिने यहाका सरोकारवाला बताउछन्।

प्रतिक्रिया दिनुहोस्