मंसिर ९,जोमसोम। ‘लैंगिक हिंसाअन्त्यको सुनिश्चिता,महिला र बालबलिकामा लगानीको ऐक्यवद्धता ’ भन्ने मूल नाराका साथ ३२औ लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान शुरु भएको छ । सामाजिक विकास कार्यालय,जोमसोमले प्रभात फेरी कार्यक्रम गरि जोमसोम विमानस्थल बाट शुरू भएको कार्यक्रममा प्लेकार्ड सहित र्र्याली प्रदर्शन गरिएको छ ।
प्रभातफेरी पछि भएको सभाका प्रमुख अतिथि जिल्ला समवन्य समितिकी प्रमुख माया गुरुङले ७५ प्रतिशत हिसां घर, नजिकका आफन्तबाट हुने गरेको पाइएकोले हिंसामा परेकाहरुले न्याय पाउन सुनिश्चित नभएको र घर परिवारसँग सम्बन्ध बिग्रिन्छ भन्ने डरले महिलाहरु हिंसा उजुरी गर्न समेत नआउने बताइन् । आफू हिंसामा परेको जानकारी हुँदाहुँदै पनि महिलाहरूले बाध्य भएर हिंसा सहेर बस्नु पर्ने सहभागी वक्ताहरुले बताए ।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ ।महिलामाथि हुने हिंसा मानवअधिकार हनन् को सवाल हो भन्ने मान्यता स्थापित गर्दै सोहीअनुरुप काम गर्न सबै राष्ट्र तथा संयुक्त राष्ट्र संघलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आह्वान गर्ने यो अभियानको उद्देश्य हो । यो अभियानअन्तर्गत २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म समुदायदेखि सबै तहसम्म विभिन्न कार्यक्रम गर्ने गरिन्छ ।
डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन साहसी दिदी बहिनीहरू पेट्रिया, मिनर्भा र मारियाको तत्कालिन त्रुजिलो तानाशाही सरकारले सन् १९६० नोभेम्बर २५ मा गरेको हत्याको बिरुद्धमा यो अभियान संन्चालन गर्ने गरिन्छ ।सन् १९९९ मा संयुक्त राष्ट्रसंघद्वारा यसलाई आत्मसात गरी नोभेम्बर २५ को दिनलाई संसारभर नै महिला विरुद्धको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा स्थापित गरियो ।
नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सवै स्थानीय पालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको थियो ।
नेपालमा महिला विरुद्ध हुने हिंसाका सम्बन्धमा आवाज उठाउने प्रथम महिला योगमाया न्यौपाने हुन् । वि सं १९२५ मा नेपालको पुर्वी पहाडको भोजपुरमा जन्मिएकी उनले तत्कालिन नेपाली समाजमा महिलामाथि हुने गरेका अन्याय अत्याचार र कुसंस्कारको विरुद्ध सामाजिक परिवर्तन र महिला अधिकार स्थापनाका लागि सशक्त रुपमा आवाज उठाएकी थिईन् । उनले समाजमा रहेका पित्तृसत्तात्मक सोच, सामाजिक मुल्यमान्यता, शोषण, जातीय विभेद र चरम लैंगिक विभेद विरुद्ध अभियान संचालन गर्ने गरिन्छ।
१६ दिन सम्म संचालन हुने अभियानमा विभिन्न कार्यक्रमहरु गरिने सामाजिक विकास कार्यालय जोमसोमका कार्यालय प्रमुख रामचन्द्र ढुङगानाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्