२०८१ भाद्र २२
९८५७६५०३३४, ९८५७६५००९३

वन्यजन्तुबाट प्रभावित कृषकले पाए  राहत

 

कार्तिक २३, जाेमसाेम/ मुस्ताङका  वन्यजन्तु पशुपालक कृषकललाई राहत वितरण गरिएकाे छ ।जाेमसाेम क्षेत्रका ४ पशुपालक कृषकलाई राहत रकमको चेक हस्तान्तरण गरिएकाे हाे । आर्थिक वर्ष २०७९/८० मा वन्यजन्तुबाट १९ जना कृषकहरु प्रभावित भएका थिए ।

राष्ट्रिय प्रकृति संरक्षण काेष,अन्नपूर्ण संरक्षण क्षेत्र आयाेजना इलाका संरक्षण कार्यालय जाेमसाेमले बुधबार एक कार्यक्रम गरि वन्यजन्तु क्षति राहत निर्दिशिका २०६९ काे तेस्रो संशोधन २०७५ बमाेजिम गत वर्ष क्षति भाेगेका कृषकलाई राहत रकम उपलब्ध गराएको हाे ।

एक्याप इलाका संरक्षण कार्यालय जाेमसाेमका कार्यालय प्रमुख प्रमाेदराज रेग्मीले सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर थकाली घरपझाेङ गाउँपालिका कार्यपालिका सदस्य भिषण थकालीकाे उपस्थितमा राहत वितरण गरिएको हाे।

मुस्ताङ जिल्लामा वन्यजन्तुहरु हिमचितुवा,चितुवाले गाेठ तथा चरन क्षेत्रमा आक्रमण गरी वर्षैपिच्छे क्षति पुर्याउदै आएकाे छ । कृषकलेले लगाएकाे बालीनालि बाँदर ,नाउँर,भालु ,हिमाली भालु लगायतले क्षति गर्दै आएकाे स्थानिय कृषकले हिमालपारिकाे आवाजलाई जानकारी दिए ।

पछिल्लो समय मानव र वन्यजन्तु बीच टकराव बढदै गएकाे छ । बाकी पिडित कृषकलाई दाेस्राे चरणमा राहत रकम वितरण गरिने  एक्याप इलाका संरक्षण कार्यालय जाेमसाेमले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्