२०८१ भाद्र २२
९८५७६५०३३४, ९८५७६५००९३

(एनसीडीए) को अध्यक्षमा प्रकाश कुमार खण्डेलवाल

बसन्त पाैडेल

वीरगन्ज, २५ भदौ । नेपाल औषधी व्यवसायी सङ्घ (एनसीडीए) को अध्यक्षमा प्रकाश कुमार खण्डेलवाल विजयी भएका छन् । वीरगन्जमा भएको १४ औं अधिवेशनको निर्वाचनबाट खण्डेलवाल अध्यक्षमा निर्वाचित भएका छन्।

अध्यक्षका अर्का प्रतिस्पर्धी लोकहरि श्रेष्ठलाई १७ मतले पछि पार्दै खण्डेलवाल विजयी भएका हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेल सर्वाधिक १४१ मत ल्याएर विजयी भएका छन् । उहाँका प्रतिस्पर्धी निरञ्जन प्रसाद रिसालले ५१ मत मात्रै ल्याउनु भएको छ ।

त्यस्तै आयातकर्ता तर्फको उपाध्यक्षमा रामचन्द्र शर्मा (१११), उपाध्यक्ष (थोक) टंक प्रसाद अधिकारी (१३१), खुद्रातर्फ यामनाथ पौडेल (१०७) मतले विजयी भएका छन् । त्यसैगरी महासचिवमा श्रीधर खनाल ९७ मत ल्याएर विजयी भएका हुन् ।

कोषाध्यक्षमा सम्राटमान जोशी ९८ मत ल्याएर विजयी भए। सचिवमा कृष्णा बहादुर रोकाया १०७ मत ल्याएर विजयी भए । त्यसैगरी खुल्ला सदस्यहरुमा  बद्रिप्रसाद खनाल (१३१), भुवनेश्वर बुढा मगर(९५), कञ्चन शर्मा खतिवडा (१०५) र सरला कुमारी विष्ट (१३५) मतले निर्वाचित भएका हुन् उत्त कुरा निर्वाचन अधिकृत राजु खतिवडाले जानकारी दिए।

खितवडाका अनुसार यसअघि उपकोषाध्यक्षमा कविराज कडेंल र आयात, थोक, खुद्रा तथा महिलातर्फको केन्द्रीय केन्द्रिय सदस्य निरविरोध निर्वाचित भएका थिए । निर्वाचनमा १९५ जनाले मतदान गरेका थिए । नेपाल औषधी व्यवसायी संघको आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन भएको हो । यसअघि भदौ २२ गते उपराष्ट्रपति रामसहाय प्रसाद यादवले अधिवेशनको उदघाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्