राज्यसत्ता आफै लुटपाट र भष्ट्राचारमा लागेको छः अध्यक्ष केसी

बिना ढुङ्गाना

राष्ट्रीय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसिले राज्य सत्ता नै लुटपाट र भष्ट्राचारमा लागेको बताएका छन । संघिय सासंद अन्तर्गत राज्यव्यवस्था तथा शुसान समितीको बैठकमा बोल्दै अध्यक्ष केसीले राज्यसत्ता विरुद्ध आरोप लगाएका हुन ।

समितिमा जेष्ठ सदस्यको हैसियतमा सभापतिको भुमिका निर्वाह गर्दै “अहिले नेपालको स्थिति धेरै गम्भीर छ, राज्यसत्ता नै लुटपाट भष्ट्राचारमा लागिसकेपछि गर्नु हुन्छ के, कसैलाइ थाहा छैन” भनी सदनमा आवाज उठाएका थिए ।

सदनमा बोल्दै “यहाँ कुन चाहिँ पार्टि हो कुन चाहिँ व्यक्ति हो भन्नु भन्दापनि राज्यसत्ता पुरै लुटपाट सामेल भइसकेपछि त के हुन्छ, तैपनि हामिले त हरेश खानु भएन, लोकतन्त्र छ र कमसेकम हामिले जनताका बिचमा समसामयिक कुरा गरिरहेका छौं भन्दै केसिले आफ्ना भनाईहरु राखेका थिए । समितिका सदस्यहरुले भने तत्काल समितिको सभापति चयन गरेर समितिलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *