२०८१ माघ ८
९८५७६५०३३४, ९८५७६५००९३

एक कुइन्टल सुन तस्करी प्रकरणः सीआईबीलाई अनुसन्धानको जिम्मा

 

श्रावण २१, २०८० काठमांडौ । केही समय अगाडी प्रकरणमा आएको करिब १ सय किलो सुनको अनुसन्धानको जिम्मा नेपाल प्रहरीले पाएको छ । त्रिभुवन विमानस्थल बाट बाहिरिएको करिब १ सय किलो सुनको छानबिनको लागि राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले आज पत्रकार सम्मेलन गर्दै सुन तस्करी अनुसन्धानको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई दिएको जानकारी दिएका हुन् ।

यस प्रकरणमा अन्तरदेशीय सङ्गठित अपराध भएकाले थप छानबिन र मुद्दा अभियोजनका लागि यो काम नेपाल प्रहरीलाई जिम्मा लगाएको ढुंगानाले जनाएका छन् । तस्करहरूले हङकङबाट नेपाल ल्याएको सुन प्रकरणमा विमानस्थल भन्सारका तीन जना कर्मचारीसहित १८ जना पक्राउ परिसकेका छन । अनुसन्धानमा अहिलेसम्म भएको काम र पक्राउ परेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाइएको छ ।

पक्राउ परेका आरोपित, बरामद सबुत प्रमाण र अनुसन्धानको प्रगति प्रतिवेदन विभागको टोली प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई हस्तान्तरण गरेको हो । अब यो प्रकरणका अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अघि बढाउने छ । सीआईबीमा वित्तीय र सङ्गठित अपराध हेर्ने छुट्टै युनिट छन् । विभागले पहिलोपल्ट अनुसन्धान चल्दा चल्दै आफ्नो क्षेत्राधिकारको मुद्दा प्रहरीलाई दिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै अनुसन्धानको काम प्रहरीलाई दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएको थिए । विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको झन्डै एक सय किलो सुन बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्