
भूपेन्द्र महरा
पोखरा श्रावण २१ प्राज्ञिक विद्यार्थी परिषद् नेपाल गण्डकी प्रदेशले प्रदेश शिक्षा कार्यशाला आउदो शनिबार सिर्जनाचोक स्थित साइमन पार्टी प्यालेस पोखरामा गर्ने भएको छ ।नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक शिक्षा कार्यशाला गर्दै आधारभूततहदेखि उच्चतहसम्मको शिक्षासँग जोडिएका पाठ्यक्रम, शिक्षण विधि, मूल्यांकन पद्धति र शिक्षानीति आदि विषयमा अध्ययन, विश्लेषण एबम् विस्तृत चर्चाको साथमा समग्र शिक्षा क्षेत्रको सुधारका लागि उचित नीतिनिर्माणको बिषयलाई लक्षित गर्दै आयोजना गरेको परिषदले जनाएको छ ।
कार्यशालामा पोखरा विश्विद्यालयका उपकुलपति प्रा.डा प्रेमनारायण अर्याल प्रमुख अथिति , गण्डकी विश्वविद्यालयका उकुलपति प्रा.डा नवराज देवकोटा विशिष्ट अथिति, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय नेपाल सरकारका सह- सचिव डाक्टर हरि लम्सालज्यूले कार्यपत्र प्रस्तुत गर्ने र पृथ्वी नारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रा.डा. देवेन्द्र ब. लामिछानेज्यू र पूर्व सह-क्याम्पस प्रमुख प्रा.डा यादव शर्मा गौडेलज्यू टिप्पणीकर्ता को रूपमा रहने परिषदले बताएको छ ।
विद्यार्थी परिषद्का गण्डकी प्रदेश संगठन सचिव नारायण तिमिल्सिनाले प्राज्ञिक विद्यार्थी परिषद नेपाल, विद्यार्थीको समग्र विकास, सामाजिक गतिविधि, सेवा कार्यसँगै राष्ट्रलाई केन्द्रमा राखेर असल व्यक्ति निर्माणको कार्यमा निरन्तर सक्रिय रहेकोे बताए। साथै पाठ्यक्रममा नैतिक शिक्षा र जीवन उपयोगी शिक्षा लागू , जस्ता धेरै विषयहरूमा नीतिनिर्माणका लागि परिषद्ले कुशल नेतृत्व गरेको जानकारि दिए।
कार्यशालामार्फत् शिक्षाक्षेत्रसँग जोडिएका विविध विषयहरू जस्तै शिक्षाक्षेत्रमा अनावश्यक राजनीतिक हस्तक्षेप, पाठ्यक्रममा नेपालको मौलिकता र व्यावहारिकता, जीवन उपयोगी सिपको आवश्यकता, नेपालमा संचालित विदेशी विश्वविद्यालयका कार्यक्रम तथा उनीहरुको नियमन, समयमा प्रवेश परिक्षा र परिणामका लागि विश्वविद्यालयहरूको शैक्षिक पात्रोको आवश्यकता, विद्यार्थीको विदेश पढ्न जाने लहरलाई अन्त्य गरी स्वदेश मै गुणस्तरीय शिक्षा आदि विषयलाई समाजमा विमर्शका लागि ल्याउने र आगामी दिनमा परिवर्तनका लागि निर्णायक र सशक्त पहल पनि गर्ने तयारी परिषदले गरिरहेको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्