अखिल छैठौंको जिल्ला भेलाः भदौं ८ र ९ गते बाग्लुङ बजारमा

बिना ढुङ्गाना

श्रावण २० गते २०८० । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन (छैठोँ )जिल्ला वाग्लुङको जिल्ला समिति भेला ८र९ गते बाग्लुङ जिल्लाको सदमुकाम बाग्लुङ बजारमा हुने भएको छ। अखिल छैठौं जिल्ला समितिले जिल्ला भेला बाग्लुङ जिल्लाको सदमुकाम बाग्लुङ बजारमा गर्ने निर्णय गरेको हो।

अखिल छैठौंका पुर्व महासचिव भीमलाल पोख्रेलको विशेष उपस्थितमा सम्पन्न हुने बैठकमा जिल्ला भेलाका लागि आवश्यक निर्णयहरु गर्दै भेलाको तयारीका लागि जिम्मेवारी बाँडफाँड गरेको छ। बाग्लुङ जिल्ला अध्यक्ष गणेश सापकोटाका अनुसार जिल्लाका सबै सम्मेलन भेला बैठक गरिसक्ने निर्णय भएको बताउनु भएको छ।

त्यसका लागी निसिखोला गाउपालिकामा सुमन बुढामगर र मिलन सुनार, ढोरपाटन नगरपालिका र तमानखोला गाउपालिकामा बिवश छन्त्याल र एलिना सिर्रपालि, ताराखोला गाउपालिकाका गलकोट नगरपालिका र बडिगाड गाउपालिकामा गणेश सापकोटा र कर्ण नेपाली, काठेखोला गाउँपालिका र बाग्लुङ नगरपालिकामा हिराबहादुर दर्लामी र नगेन्द्र थापा बरेङ गाउँपालिका र जैमिनी नगरपालिकामा गणेश सापकोटा र बिवश छन्त्यालले काम गर्ने निर्णय भएको छ।

भेलामा जिल्लाका सबै पालिकाका अधिकांश बिधालयबाट प्रतिनिधित्व रहने कुरा बाग्लुङ जिल्ला अध्यक्ष सापकोटाले बताउनु भयो ।

यो खबर पढेर कस्तो महसुस भयो?

1
Excited
1
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *