चारवटा परियोजना कार्यनयन गर्न नेपाल र भारतबीच समझदारी पत्रमा हस्ताक्षर

बिना ढुङ्गाना

नेपालमा कार्यन्वयन हुनेगरि भारत सरकारको सहयोग अन्तर्गत चारवटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ।शुक्रबार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतिय राजदुतावासबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

भारत सरकारको सहयोगमा शिक्षा क्षेत्रमा तिन र खानेपानी आपूर्ति तथा सरसफाईको क्षेत्रमा एक गरी चार वटा उच्च बिकास परियोजनाको निर्माण गर्न सो सम्झौता भएको बताएको छ। उक्त परियोजनाको अनुमानित लागत १७ करोड रहेको काठमाडौंस्थित भारतिय राजदूतवासले जनाएको छ।

यो परियोजनाले स्थानिय स्तरमा शिक्षा र खानेपानी तथा सरसफाई सुबिधा उपलब्ध गराउनुका साथै जीवनस्तरमा सुधार ल्याउने दुतावासले उल्लेख गरेको छ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *