२०८१ भाद्र ३०
९८५७६५०३३४, ९८५७६५००९३

कास्कीमा १८ हजार भन्दा बढी पशुु चौपायालाई लम्पी स्किन रोग

भुपेन्द्र महरा

पोखरा श्रावण १९ । कास्की जिल्लामा पनि पशुु चौपायालाई लम्पी स्किन रोग बढ्दै गएको छ । हालसम्म १८ हजार भन्दा बढी पशुलाई लम्पी स्किन रोग देखिएको छ ।

जिल्लामा हालसम्म १६ हजार तीन सय ५४ पशुलाई लम्पी स्किन विरुद्धको खोप दिइएको पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भु पाण्डेले जानकारी दिएका छन् प्रमुख पाण्डेका अनुसार यो रोग विशेषतः गाई, गोरु, राँगाभैँसी, पाडापाडी र बाच्छबाच्छीमा लाग्छ ।

रोगबाट हालसम्म छ सय १९ पशुबस्तु मरेको बताउँदै उनले सबैभन्दा बढी रोग गाईमा हुने गरेको छ र पछिल्ला समयमा कास्की जिल्लामा लम्पी स्किन रोगको घट्दो क्रममा रहेको प्रमुख पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्