२०८१ भाद्र ३०
९८५७६५०३३४, ९८५७६५००९३

लालबहादुर बिकले पाए न्याय उच्च अदालतबाट दिइयाे सफाई

 

उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाएसंगै बिगत सात महिनादेखि हिरासतमा रहेका लालबहादुर बिक रिहा हुने भएका छन् । इजाजतबिना बैंक तथा वितीय कारोबार र ठगि गरेको आरोपमा जेल परेका बिकलाई उच्च अदालत बिराटनगरले सफाई दिएको हो।

ठगी तथा बैंकिङ कसुर मुद्दामा ऊच्च अदालत बिराटनगरले लालबहादुर बिकलाई निर्दोष ठहर गरेको छ। मुद्दामा दोषी ठहराउने सुनसरी जिल्ला अदालतको आदेशलाई उल्टयाउदै बिकलाई उच्च अदालत बिराटनगरले सफाई दिएको हो ।

उच्च अदालत न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको आदेश उल्टि गरेको हो तरस्थित सिहदेवी ज्वेलर्सका मालिक दिपक परियारको आदेश अनुसार मजदुरको रुपमा काम गरिरहेका लालबहादुरबाट जिल्ला अदालतले झन्डै ९ करोडसमेत भराउन आदेश दिएको थियो ।

जिल्लाले गरेको फैसलाबिरुध आफु निर्दोष रहेको बताउँदै बिक अदालत गएका थिए । उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढे पनि धेरै पटक हेर्न नमिल्ने र स्थगित हुँने गरेको यो मुद्दामा आज फैसला भएको हो।

 

प्रतिक्रिया दिनुहोस्