५ बर्षे बालिकाको बलात्कार पछि हत्या गर्ने अभियुक्त बीस बर्षपछि पक्राउ

 

बि.स २०६० साल असोज १८ गते हेटौंडा–११ सिमलटार बस्ने पाँच वर्षे बालिकालाई बलात्कार गरी हत्या गरेर उक्त शव राप्ती नदीमा फालेको अभियोग लागेका सोमबहादुर राई गत शनिबार २० वर्षपछि पक्राउ परेका हुन्। उनले सो कसुर गर्ने क्रममा २५ बर्षका थिए भने पक्राउ पर्दा ४५ बर्ष पुगेका छन।

पाँच वर्षे बालिकाको शव बि.स २०६० सालको असोज १९ गते हेटौंडा–१० स्थित राप्ती नदीमा पानीभित्र ढुंगाले च्यापिएको अवस्थामा फेला परेको थियो ।

हेटौंडा–११ सिमलटार बस्ने चन्द्रबहादुर राईका छोरा सोमबहादुर राईलाई मकवानपुर जिल्ला प्रहरीसँगको समन्वयमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले ललितपुरको गोदावरी–१४ बाट गत शनिबार नियन्त्रणमा लिएको प्रहरि श्रोतले जनाएको छ ।

मकवानपुर जिल्ला अदालत बाट ६ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले जानकारी दिए।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
1
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *