स्थानीय सरकारले वास्ता नगर्दा कञ्चनपुरमा निर्माणाधीन पुल अलपत्र

 

महेन्द्रनगर । स्थानीय सरकारले वास्ता नगर्दा कञ्चनपुरमा निर्माणाधीन पुल अलपत्र परेको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ मा स्थानीय सरकारले सरकारी बजेटबाट बनाउदै गरेको पुलको वास्ता नगर्दा पुल अलपत्र परेको छ ।

आर्थिक वर्ष २०७७/७८ सालमा ५ लाखको बजेटमा उक्त पुलमा वडा कार्यालयले पुल बनाउन सुरु गरेको थियो। उपभोक्ता समिति समेत बनाएर वडा कार्यालयले बनाएको यो पुल सञ्चालनमा नआएर अलपत्रमा परेको छ ।

उक्त ठाउँमा पुलको अभाव हुँदा दैनिक उपभोग्य सामान ओसारपसार गर्न र बालबालिकाहरु विद्यालय जान आउन , बिरामी,गर्भवती महिलालाइ अस्पताल लैजान निकै लामो बाटोमा जान पर्ने साथै अन्य वैकल्पिक बाटो समेत नरहेको हुँदा निकै कठिन भएको उक्त ठाउँका स्थानीयहरुको गुनासो रहेको छ।

लगभग ३ वर्ष भइसक्दा पनि स्थानीय निकायले काम पुरा नगरेको र कुनै चासो नदिएको देखिन्छ । पुल को कार्य लगभग सम्पन्न भई सक्दा पनि वडा कार्यालयबाट बजेट विनियोजन नहुँदा पुल सञ्चालन गर्न नसकिएको उपभोक्ता समितिका सचिव नारायण गिरीले बताउनु भएको छ ।

सो स्थानका स्थानीय बासिन्दाहरुले नगरपालिका गएर पुल सञ्चालनमा ल्याउन पटक पटक आग्रह गरिरहँदा पनि वास्ता नगरेको र सञ्चलानमा नआएको गिरीको भनाई छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *