यति एअरको विमानमा मुसा : रोकियो उडान

 

पोखरा, साउन १५ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उड्न लागेको यति एयरलाइन्सको जहाजको ‘ल्यान्डिङ गेयर’मा मुसा देखिएपछि उडान रोकिएको छ।

सोमबार नियमित उडान तालिकाअनुसार बिहान ११:५० को उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएपछि उडान रोकिएको विमानस्थलकी निमित्त प्रमुख जशोदा रेग्मीले बताउनु भयो ‘बोर्डिङका क्रममा एक यात्रुले जहाजको पछाडिको ल्यान्डिङ गेयरको वरपरी मुसा देख्नुभएछ।

जहाजभित्रै पस्यो कि भन्ने आशंका भएका कारण उडान रोकिएको रेग्मिले जानकारी दिनुभयो । उडान ‘डिले’ भएकाले दिउँसो पौने एक बजे उडानका लागि तयार थियो। जहाजमा ६० जना यात्रु थिए।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *