मुस्ताङमा बन्न बाकी रहेका पुलहरू अलपत्र

 

बेनी जोमसोम सडक खण्डहरुमा बन्न बांकी रहेका पक्की पुलहरुको अवस्था दयनिय रहेको छ थोरै मात्रमा काम गरि अलपत्र छोडिएका पुलहरुले यतिखेर भने स्थानीय तथा संघ प्रदेशका जनप्रतिनिधिहरुलाई गिज्याई रहेको छ । राज्यको करोडौं लगानी भएको पक्की पुलको योजना अलपत्र पर्दा पनि सरेकारवाला निकाय मौन बस्नु भनेको दालमा कुछ काला हे भन्न सकिन्छ । कामै नगरि राज्यको रकम हिनामिना पार्ने ठक्दारहरुलाई कार्वाही गर्न नसक्ने भनेको सरोकारवाला निकायहरुको लाचार पन हो । के कारणले समयमा पुल बन्न सक्दैन यसमा सरोकारवाला निकायहरुको ध्यान र चासो किन गएन , मुस्ताङी जनताहरुलाई किन भ्रममा राखिएको छ यसको बिषयमा जनआवाज बुलन्द्ध हुन जरुरी देखिन्छ । जनताले सहेर बस्दा मुस्ताङका धेरै योजनाहरु अलपत्र भएर रहेका छन् त्यसैले अलपत्र परेका योजनाहरु सम्पन्न गर्न मुस्ताङ बासी जनताहरु हतमा हात कांधमा कांध मिलाएर उठ्न जरुरी देखिएको छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *