मलेखुमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रबिन पाण्डे

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट–रोराङ गाउँपालिका ३, मलेखुमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु भएको छ ।

काठमाडौंबाट मुग्लिङतर्फ आउँदै गरेको प्रदेश १–०२–००१–ख–८०२९ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०३७ प. ७७३१ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिन पुगेको थियो। मोटरसाइकल चालक वीरगन्ज घर भएका २५ वर्षीय कृष्ण श्रीवास्तवको मृत्यु भएको छ ।

ठक्करबाट घाइते श्रीवास्तवको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुप्रसाद जैसवारले जानकारी दिए । प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार महिला सामान्य घाइते भएकी छन् ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *