करिब आजभन्दा ७३ बर्ष अगाडि ५ जनाबाट स्थापना भएको यो कम्युनिष्ट पार्टी अहिलेसम्मको समयमा आउदा जेठो भैसकेको छ यसको बिषयमा सबैलाई जानकार भएकै कुरा हो । तर आ आफ्ना बिचार दृष्टिकोणको कारण सिङगो पार्टी पटक पटक चाैटिएर बिभाजित हुने गरेको तीतो अनुभूति हाम्रो माझ जिबित छ । कसैले पनि यसको बिषयमा मसिनो तरीकाबाट बिश्लेषण गर्न नसकेको कारण समस्या चुलिएको छ । बिचार दृष्टिकोणबाट पछाडी हट्दा र आफ्नो अड्डी नछोड्नाले आउने गरेको बिकाराल समस्या हो । बेलैमा बाम घटकहरुले यसको बिषयमा सोच पुर्याउने बेला आएको छ नत्र चिरा परेका कम्युनिष्ट पार्टीहरुले धोका खानेनै छन् । मिल्ने र छुट्नेको खेल मुसा र बिरालो झै भयो यस्तो खेलको अन्त्य हुन जरुरी हुन्छ बिगतका तितामीठा कुराहरुलाई बिर्सिएर बाम एक ठाउँ हुनु पर्छ यसले सबैलाई हित गर्छ ।
निर्वाचनले पनि तय गरेको छ मिल्दा र नमिल्दाको परिणामको नतिजा बाहिरियो । अबका दिनहरुमा बाम एक थाम नहुदा के कस्ता समस्याहरु आउदा रहेछन् सबैले चाल पाईसकेपछि मिल्ल्नुको बिकल्प छैन । त्यसैले पछाडि परेको देश र जनताको बिकासको लागि पनि बामहरु एक ठाम हुन जरुरी भएको छ । यसको लागि बृहत्तर छलफल गरी एउटै पार्टी बनाउने हेतुले आफ्ना कमीकम्जोरीहरुलाई भुलेर अगाडि बढ्ने समय आएको छ । यस बिषयमा शीर्ष नेताहरुले पहल कदमी गर्न जरुरी भएको छ । किनभने सारा नेपालीहरुले अझै पनि कम्युनिष्टको सरकार चाहन्छन् त्यसैले आउने निर्वाचनमा दुई तिहाईको कम्युनिष्टको सरकार बनाउन आजैको दिनदेखि लाग्न जरुरी हुन्छ । जनताको चाहानाहरुलाई उदघोष गर्नलाई अब नलागे कहिले लाग्ने त्यसैले बेलाको बोली भनेझै अबको समय धेरै महत्वपूर्ण अर्थदिने खालको रहेको छ ।
आज बिश्व बिकासको मार्गमा दिनहुं फट्को मार्न पुगेका छन् तर हाम्रो मातृमूमिलाई भने अरु ममुलूकको दाउपेचमा राखेर सिमित समुदायहरुको हितको लागि बाम पार्टीहरुले कालो काम गरेका छन् । सत्ताको लागि मात्र लुकामारीको खेल खेल्ने कम्युनिष्ट पार्टीको अस्तित्वलाई र्बिसएर गएका छन् । आज कम्युनिष्टहरुको घमण्डले सरकारमा राजा ल्याउने र फाल्नेको हातेमालो गरी सरकार चलाउनु पर्ने तितो यर्थाथ भएको छ । पार्टी सरकार बनाउनलाई मात्र होईन जनहितको काम पनि गर्नुपर्ने हुन्छ तर हुन सकेन । तातो दुध ननिल्नु नओकल्नु झै गरी सरकार चलाउनु पर्ने भएको कम्युनिष्टहरुको दम्भ हो । ट्क्रा टुक्रा परेका कम्युनिष्टहरुको घमण्डले बिलिन भएर जानु पर्ने पार्टीहरु मौलाएर आएका छन् । यसको मुल कारण भनेको बामहरुमा एकता हुन नसक्नु नै हो । अर्कोतर्फ कम्युनिष्टको आचरण भित्र रहेर सर्बहारा जनताको हितमा काम गर्न नचाहने सोच भएर पनि हो । जेहोस अबको दिनमा भने बिगतको पाठ र हाल आएको परिणामलाई बुझेर देशको रक्षार्थ बाम एक ठाम हुनु पर्छ ।
प्रतिक्रिया दिनुहोस्