Hult Prize On क्याम्पस प्रतियोगिता सम्पन्न भएको छ।

 

HULT PRIZE ON जनप्रिय बहुमुखी क्याम्पसको आयोजना र पोखरा महानगरपालिका व्यवसाय प्रबर्द्धन केन्द्र को सहकार्यमा hult prize on क्याम्पस प्रतियोगिता सम्पन्न भएको छ। गण्डकी प्रदेश उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्री माननीय रेशम जुग्जालि मगर(सुबिन) को प्रमुख आतिथ्यता मा सम्पन्न भएको कार्यक्रम को अध्यक्षता हल्ट क्याम्पस डाइरेक्टर दामोदर भुषाल र संचालन आकृति बराल र दीक्षा पौडेल द्वयले गरेका थिए।

कार्यक्रममा जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लोकराज भण्डारी ,ब्यवसाय प्रबर्द्धन केन्द्र का महाशाखा प्रमुख मनोहर कडरिया लगायतले आफ्नो मन्तव्य राखेका थिए । पन्ध्र टिम सहभागी प्रतियोगितामा डिजिटल राउन्डबाट फाइनलमा पाँच टिम पुगेका थिए । शोभा के.सी., अशोक पौडेल ,दिपेश कुँवर ,राजिब शाही र क्षितिज बराल निर्णायक रेहेको प्रतियोगिताको फाइनलमा टिम सतवत्रले प्रथम स्थान हासिल गरेको छ भने पुन नभ ले द्दितिय स्थान हासिल गरेको छ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
2
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *