पर्वत फलेवास खानिगाउॅं – पोखरा सम्पर्क समिति गठन

 

पर्वत-पर्वत जिल्ला फलेवास नगरपालिका वार्ड न.५ , साबिक खानिगाउॅं गाबिस जन्मस्थान भई बिभिन्न काम र अध्ययनका सन्दर्भमा पोखरा भित्र अस्थायी वा स्थायी ई रूपमा बसोबास गर्ने ब्यक्तीहरूको भेलाले ११ सदस्य पर्वत फलेवास खानिगाउॅं – पोखरा सम्पर्क तदर्थ समिति गठन गरेको छ ।

२०७९ साल फाल्गुन ०६ गते शनिबारको दिन समाजसेवी तथा ज्येष्ठ सदस्य नारायण प्रसाद सुबेदीको सभाध्यक्षतामा पोखरा-५ समता चोकमा सम्पन्न भेलाले यूवा समाजसेवी बाबुराम सापकोटा अध्यक्ष सहित ११ सदस्य समिती गठन गरेको छ । जसमा अध्यक्ष बाबुराम सापकोटा , उपाध्यक्षमा भोला शर्मा , सचिबमा कृष्ण प्रसाद सुबेदी , कोषाध्यक्षमा दिनेश थापा, सदस्यमा दयाराम सुवेदी, कपिल शर्मा, केशव शर्मा सापकोटा , शोभा पराजुली, हरिमाया शर्मा, काशिराम भट्ट, सन्तोष पौडेल रहेका छन् ।

भेलामा फलेवास-५, खानिगाउॅं जन्मस्थान भई हाल पोखरामा रहदै आउनुभएका समाजसेवी, बुद्दिजिवीहरूको उपस्थिती थियो । गाउॅंघरमा नजिकै भएपनि सहरमा व्यस्तताको कारण चिनजान नै नहुने हुनाले समाजको स्थापनासंगै सबैसंगको भाईचाराको सम्बन्ध अझ प्रगाढ भई सामाजिक कार्यमा सहजता हुने कार्यक्रममा उपस्थिस सबै बक्ताहरूको भनाई थियो । यससगै नवगठित समितीले समाजको बिधान तयार गरी दर्ता प्रकृयालाई पुर्णता दिई यस समाजलाई सदैब चलायमान बनाईराख्ने प्रतिबद्दता ब्यक्त गरेका छन ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
1
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *