२०८१ माघ २५
९८५७६५०३३४, ९८५७६५००९३

यात्रामा मनै खस्ने काप्रे भिरको डरलाग्दो सडक

बलियो भरपदौ बेनी जोमसोम सडकको माला जप्दाजप्दै मुस्ताङ बासी जनताको आशाहरु निरासामा परिवर्तन हुने गरेका छन् । यसको आमुल परिवर्तनको दीयो बालेर बसेका मुस्ताङीहरु सधैभरी प्रतिक्षामा बस्दा आफुहरुलाई बुढौली उमेरतिर लैजादै छन् । बिषयलाई बिस्तार गर्दा बेनीका अनगिन्ति स्थानहरु र बिशेष गरी काप्रे भिरमा गाडी आइपुग्दा मनले ठाउँ छोड्छ । कठिन यात्राको साथमा ओहोर दोहोर गर्नु पर्ने बेनी जोमसोमको मोटर बाटोले जिल्ला बासीहरुलाई दुख त धेरै पटक दियो तर जनमखुी सुख भने कहिल्यै दिन सकेन । पहिरोको कारण डोजर धनीलाई आहा राज्यको धन काप्रेको भिरमा स्वाहा यो कहिलेसम्म । यतिका बेलासम्म सुरुङ मार्ग खनेको भए पनि सकिन्थ्यो तर त्यसो हुन सकेन । जिल्लाको केही ठाउँहरुलाई हेरेर आहा भनी जिल्ला बाहिरका पर्यटकरुलाई यहां घुम्न बोलाएर मात्र कहां हुन्छर पहिलो पटक बेनी जोमसोमको मोटर बाटो भरपर्दो हुन पर्योनी । त्यसपछि त घुम्नलाई ओइरो लाग्ने छन् पर्यटकहरु । त्यसैले यात्रामा मनै खस्ने काप्रे भिरको डरलाग्दो सडकलाई बेलैमा ब्यवस्थापन गरौ नत्र धेरै समस्या आउनेनै छ ।

प्रतिक्रिया दिनुहोस्