२०८१ कार्तिक २७
९८५७६५०३३४, ९८५७६५००९३

तनहुँ २ बाट आशा कोईराला सिफारिस

 

नेकपा माओबादी केन्द्र तनहुँले निर्वाचन क्षेत्र २ अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बन्न चाहानेहरुको नाम संकलन गरेको छ । शुक्रबार दुलेगौडामा सम्पन्न भएको निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले आसन्न निर्वाचनमा तनहुँ २ बाट नेकपा माओबादी केन्द्रकी केन्द्रिय सदस्य आशा कोईरालालाई प्रतिनिधी सभाका उम्मेदवार बनाउने निर्णय गरेको छ । अहिले गण्डकी प्रदेश सभा सदस्य समेत रहेकी कोईरालामात्र माओबादी पार्टीको तर्फबाट तनहुँ २ मा उम्मेदवार सिफारिस भएकी हुन् ।

यता तनहुँ २ अन्र्गत प्रदेश सभा ‘क’मा उम्मेदवार आकाँक्षीहरु धेरै भए पनि ‘ख’ मा भने एक जनाको मात्र उम्मेदवारी परेको जिल्ला संयोजक मदन आलेले जानकारी दिए । आलेका अनुसार तनहुँ २ ‘क’बाट प्रदेशसभामा उम्मेदवार बन्न मदन आले, मुक्ति सिग्देल, राजेन्द्र केशरी न्यौपाने, अतिन्द्र केशरी न्यौपाने, मदन पौडेल, सोमबहादुर थापा र विकास श्रेष्ठको आवेदन परेको छ । तनहुँ २ अन्तर्गत प्रदेश ‘ख’मा देवीकुमारी पुर्जाको आवेदन परेको छ ।

यस्तै यो क्षेत्रबाट प्रतिनिधि सभा सदस्य बन्नका लागि समानुपाति तर्फ शम्भु बहादुर अधिकारीको नाम सिफारिस भएको छ । यस्तै प्रदेश तर्फ समानुपातिक उम्मेदवारहरुमा दिलबहादुर नेपाली(दलित), रामबहादुर थापा(जनजाती), शर्वदा खनाल (महिला), जौमाया बराल सुनार(दलित महिला) र अन्य तर्फ ईन्दबहादुर अधिकारीको नाम संकलन गरिएको छ ।

जिल्ला संयोजक आलेले स्थानीय तह कमिटी, निर्वाचन क्षेत्र समन्वय कमिटी र पदेश निर्वाचन कमिटीको सुझाव सहित आवश्यक उम्मेदवारहरुको सुचि तयार गरि जिल्ला कमिटीमा लगिने जानकारी दिए । तनहुँ २ तर्फ उम्मेदवार चयनका लागि समेत तयारी भईरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्