हिपाआसाप : साउन ६ जोमसोम मुस्ताङ । जिल्ला निर्वाचन कार्यालय मुस्ताङले प्रदेश र संघको निर्वाचनलाई मध्यनजर गरी जिल्लामा रहेका मतदान केन्द्रको अवस्थाको बारेमा छलफल गर्न मतदान केन्द्र सिफारीस समितिको बैठक बसेको छ ।
जिल्लामा रहेको ३८ वटा मतदान केन्द्रको के कस्तो अवस्था रहेको छ थपघट गर्नु पर्ने नपर्ने बारेमा मतदान केन्द्र सिफारीस समितिका संयोजक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माको अध्यक्षतामा बैठक बस्यो ।
बैठकले ढाकमर आबि ढाकमर , अरनिको आबि घ्याकर , निफुक नामडोल नार्बुलिङ गुम्बा निफुक र जनप्रभात आबि छोन्हुपको छुटेका नाम थप । त्यसैगरी ३८ वटा मतदान केन्द्रमा मतदान गर्दा बास बस्न नपर्ने , एक वडाबाट अर्को वडामा मतदान गर्न जान नपर्ने र ब्यक्तिको घरमा मतदान केन्द्र नरहेको जानकारी समितिलाई गराए ।
घरपझोङ गाउँपालिका वडा नं १ निलगिरी आबि चिमाङमा रहेको मतदान केन्द्रमा गई छैरो बासीलाई मतदान गर्न भौगोलिक समस्या भएको भन्ने गणतान्त्रिक गाउँ सुधार समितिले वडालाई लेखी पठाएको पत्र र वडाले थप मतदान केन्द्र छैरो आबि छैरोमा राख्नलाई पठाएको सिफारीस पत्र अनुसार निर्वाचन आयोग समक्ष सिफारीस गरी थप मतदान केन्द्र राख्न पठाउने कुरा संयोजक शर्माले बताए ।
बैठकमा मतदान केन्द्र सिफारीस समितिका संयोजक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा , नेकपा एमाले प्रतिनिधि सुनदेबी रसाइली सदस्य । नेपाली कांग्रेस पार्टि प्रतिनिधि बिकल शेरचन सदस्य , नेकपा एकिकृत समाजवादी पार्टी अध्यक्ष भिम बहादुर रसाइली सदस्य , जिल्ला समन्वय अधिकारी शिव कुमार पौडेल सदस्य थिए ।
त्यसैगरी प्रमुख सेनानी इन्द्रराज गुरुङ सदस्य , प्रहरी नायव उपरीक्षक राम कुमार दानी सदस्य , सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन जंग कार्की सदस्य , राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख प्रचण्डमान ढंगोल सदस्य र जिल्ला निर्वाचन अधिकारी मदन अर्याल सदस्य सचिव बैठकमा उपस्थिति रहेको संयोजकले बताए ।
उक्त बैथकमा थासाङ गापा अध्यक्ष प्रदिप गौचन , घरपझोङ गापा अध्यक्ष मोहन सिह लालचन , वारागुङ मुक्तिक्षेत्र गापा उपाध्यक्ष ढिकी गुरुङ , सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकाल र कम्प्युटर अपरेटर जिल्ला बिर्वाचन कार्यालयका समिर थापालाई बैठकमा आमन्त्रित गरिएको संयोजक प्रजिअ शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस्