मुस्ताङ जिल्ला अस्पतालको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ ।जनतासंग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यको बिषयमा जनप्रतिनपधिहरू मौन हुन्छन् किन। चुनाबमा हारजित गराउन अरूको कार्यकर्ता किनबेच गर्ने पैसा हुन्छ तर जनमुखी काम गर्ने पैसा हुन्न । जबसम्म मुस्ताङ जिल्ला अस्पताल भित्रको फोहोरी दादागिरीको अन्त्य हुन्न तबसम्म केही हुदैन अब मुस्ताङको युवा शक्ति जाग्न जरूरी छ जागौ सरकारी अस्पताल कसैको पेवा होईन । धेरै मान्छेहरूले अस्पताललाई चुसेर उभो लागेका छन् । स्थानीय ,प्रदेश संघका जनप्रतिनिधिहरूले मुस्ताङको स्वास्थ्य क्षेत्रमा कुनै जनमुखी चासो देखाएका छैनन् ।सरोकारवाला निकाय र अस्पतालका कर्मचारीहरू पनि कस्ता हुन् जिम्मेवारी बहन गर्न नसक्ने सरकारी काम कहिले जाला घाम भन्ने कामचोर मात्र । जबसम्म अस्पताल प्रशासन भित्रको पुरानो क्यान्सरलाई निर्मुल नपार्दासम्म हालत यस्तै हो ।पुरानो जनप्रतिनिधिहरूलेत अस्पताललाई घरनघाटको बनाए। नयांले के गर्छन् हेर्न बांकीनै छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *