जनताको गास ,बास र कपासको सुनिश्चित हुनेगरी ब्यवस्थापन गर्न सक्ने जनप्रतिनिधिहरुको खांचो पछाडि परेका जनता
हरुले सोच्ने गरेका छन् । इतिहांसको कालखण्डमा सबैले खाएपछि खाने राजा जयस्थिति मल्लको चर्चा खुबै चल्ने गर्दछ । तर अहिलेको अवस्थामा यो कुरा लागु भएको छछैन जन आवाजहरु मुखरित हुदै गरेको अवस्था हो । प्रजातन्त्र , बहुदलिय ब्यवस्था र संघिय गणतन्त्रको ब्यवस्थाबाट गाँउ गाउँमा सिहदरबारको नाराले जनता प्रफुल्ल भएका थिए । तर जनताले सोचेको खोजेको र रोजेको जस्तो शासन ब्यवस्था जनताहरुको घर आगनसम्म आउन सकिरहेको छैन । जुन जोगी आएपनि कानै चिरेको भने झै पुरानो जनप्रतिनिधिहरुको सिको गरेर काम गर्न थालेमा हात्ती आयो फुस्सा हुनेछ ।
निर्वाचित जनप्रतिनिधिहरुले कसैलाई काँखापाखा नगरी के गर्दा मेरो जनताहरुले सुखको सास फेर्न सक्छन् भन्ने सोचेर बजेट बिनियोजन गर्नुपर्ने हुन्छ । शिप र रोजगारी मुलक काममा बजेट छुट्याउनु पर्छ जसबाट एक घर एक उद्योग र परिवारमा रोजगार भन्ने नारा सहित पालिकाले बजेट ल्याउनु पर्छ । मुस्ताङको भबिश्य भनेको कृर्षि , पर्यटन र सथानीय रुपमा उत्पादन हुने बस्तुहरुसंग सम्बन्धित घरेलु उद्योगमा पालिकाले लगानी बढाउनु पर्छ । आफुले जनताको मत नपाउदा हारिन्छकी भन्ने चिन्ताबाट ग्रस्त भई सपनामा पनि नपुगेको जनताको घर दैलो डुलेर नमस्कार बिसाएर आफ्नो जितको लागि मत मागियो । त्यसैलाई मध्यनजर गरी जनमुखी बिकासे काम गरेमा आउने चुनाबमा जनता आफैले रोजेर खोजेर उनै र तिनै पार्टीका जनप्रतिनिधिहरुलाई चुन्ने छन् ।
पालिकाले हरेक आ आफ्नो वडामा कोसंग के कस्तो क्षमता छ कुन काममा समुदायहरुले के काम गर्ने ईच्छा राख्छन् । तथ्यांक संकलन गरी सोही अनुसार बिकासको बजेट बिनियोजन गरेमा मात्र आफ्नो पालिकाको बिकास हुनेछ । यसको लागि पालिका र जिल्लामा रहेका कर्मचरीहरुको पछि नभै जनप्रतिनिधिहरुको पछि कर्मचारी हुनेगरी भ्रश्टचार मूलक पारदर्शी जनमुखी बिकास गरेमा मात्र यस जिल्लाको जनता सुखी हुनेछन् । अर्को कुरा बाहिरी मुलूकमा गएर आएका मुस्ताङी युवायुवतीहरुले जानेका गरेका र सिकेका कामको क्षमता अनुसार बजेट बिनियोजन गरेमा उनीहरु जिल्ला छोडेर बाहिरिने कुरा हुदैन । यसको लागि स्थानीय सरकारले आफ्नो जनताको हित र जिल्लाको बिकासको लागि गुरुयोजना बनाएर जान जरुरी हुन्छ त्यसैले जनताको जनप्रतिनिधि र जनमुखी बिकासको खांचो छ ।
प्रतिक्रिया दिनुहोस्