९८ दिनसम्म तलबसहित सुत्केरी बिदा लिन पाइने

काठमाण्डौँ,जेठ २५ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रसुति बिदा ९८ दिन पाइने बताएको छ।

कम्तिमा ९८ दिन तलबसहित बिदा दिन मन्त्रालयले सूचना निकालेर जानकारी गराएको छ।

सरकारी, निजी वा गैरसरकारी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि वा पछि गरी ९८ दिन बिदा पाउने मन्त्रालयले जनाएको छ।

प्रसुति बिदा नदिएको भन्ने गुनासा सुनिएको भन्दै मन्त्रालयले सूचना निकालेर ९८ दिन बिदा पाइने उल्लेख गरेको छ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *