२०८३ आश्विन ८
९८५७६५०३३४, ९८५७६५००९३

थासाङको लेतेमामा ५२औँ मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु

मुस्ताङ, असोज ८ । मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघको आयोजनामा ५२औँ मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रम अध्यक्ष कृष्ण कुमार शेरचनको अधे्यक्षतामा थासाङ गाउँपालिका–३ लेतेमा सुरु भएको छ।

‘हाम्रो मुस्ताङ, हाम्रो गौरव, प्राकृतिक सुन्दरताको अपार मनोरम’ भन्ने मूल भावसहित आयोजित कार्यक्रममा स्थानीय समुदायको मौलिक संस्कृति, परम्परा र खेलकुदलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ।

कार्यक्रममा स्थानीय समुदायको सांस्कृतिक पहिचान झल्किने विभिन्न प्रस्तुति तथा खेलकुद गतिविधि सञ्चालन हुने आयोजकले जनाएको छ। खेलकुद र संस्कृतिलाई एकै थलोमा जोड्दै नयाँ पुस्तालाई आफ्नो मौलिक परम्परा र पहिचानसँग जोड्ने कार्यक्रमको उद्देश्य रहेको छ।

मुस्ताङको सामाजिक तथा सांस्कृतिक जीवनमा महत्वपूर्ण स्थान राख्दै आएको थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रमले समुदायबीचको आपसी सद्भाव, एकता र सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउँदै आएको छ। ५२औँ संस्करणले पनि स्थानीय  समुदायको मौलिक कला, संस्कृति र खेलकुदको निरन्तरतामा योगदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्