
हो सडकले टाढाको दुरीलाई नजिक बनाईदिन्छ अनि सबैखाले समस्याहरुको न्यूनिकरण भएर जनताले सुख पाउँछन् सडकबाट गरिने आशा हुन् । तर बेनी जोमसोम सडकले आफुलाई निर्माणधिन अवस्थामा लगेको पनि निकै लामो समय हुन पुगेछ । खासमा बेनी जोमसोम सडक बन्दै गर्दा संगसंगै जन्मेको बालबालिकाहरु छन् भने यतिखेर स्नातक तहको शिक्षा हासिल गर्ने भएका होलान् यो बिकास हो । तर बेनी जोमसोमको सडकलाई मसीनो तरीकाले नियाल्ने हो भने नब्बे सालको भुईचाल जहिल्यै सुकै उहिचाल यसले पूर्णता कहिले पाउँछ होला । हिउँदमा स्थानीय बासी र पर्यटकहरु धुलोसंग गुड्यो बर्षात्मा हिलोसंग हिलाम्मे हैन सफा र फराकीलो चिल्लो सडकमा कहिले आवत जावत गर्न पाउने हुन् मुस्ताङीहरु ।
कहिलेसम्म सबैले दुख पाउने हुन् बेनी जोमसोमका हरेक ठाउँहरुमा पहिरो जाने, भत्कने, धसीने र सडक सधैजसो अबरुद्ध हुने गर्छ यो कहिलेसम्म सास्ती झेल्न पर्ने हो । राज्यको धन खोलामा कहिलेसम्म बगाउने ठेक्का पाएका छन् ठेक्दारहरुले । पहिरो गएपछि सडक खुलाउन एकथरी समूह लागिहाल्छ त्यसभित्र पनि स्वार्थ लुकेको छ । त्यो के भने मुस्ताङबाट गाडी छुटेको हुन्छ सडक अबरुद्ध हुने बित्तिकै आफ्नो होटलमा पाकेको खाना खेर जान्छ बासी हुन्छ । अर्कोतर्फ डोजरले काम पाउँछ त्यसैले काम गरे जस्तो देखिन्छ तर सडकका ठेक्दार सरकारी कर्मचारीहरुलाई के केन गरे जस्तो हुनेगर्छ भने जनप्रतिनिधिहरुलाई गफ लगाउन पाउने थलो बन्छ । यतिका हुंदा पनि अन्तिममा मर्कामा पर्ने भनेका अलपत्रमा पर्ने गरेका यात्रीहरुनै हुने गर्छन् ।
सडकले मुस्ताङलाई जोडेपछि स्थानीयहरुले सुख पाएकी दुख यो बहसको बिषय बन्ला तर सधै आउने समस्याको समधान कहिले होला । यतिका भांती प्रकृतिले पनि साथ नदिएपछि बैकल्पिक सडक बनाउन सकिन्न किन । सडक भत्केको छ फेरी त्यही ठाउँलाई मर्मत गरेको छ यो के चाला हो को को मोटाउने काम हो । यस बिषयतर्फ सरोकारवाला निकाय गैर जिम्मेवारी बन्न मिल्दैन । बनाएर नभत्कने सडक बन्ने कहिलेसम्म होला तर बनाउने बित्तिकै भत्कने सडकको सामना जनताहरुले कहिले सम्म गर्नु पर्ने हो । बिकास भन्दा पनि बेनी जोमसोमको सडकले बर्षेनी बिनाश मात्र निम्त्याउने गरेको छ कारणको खोजी गरी समधान गर्न जरुरी हुन्छ । आवत जावतमा कुनै बाधा नपर्ने गरी सडक बनाउन जरुरी देखिएको छ त्यसको लागि बेनी जोमसोम सडक खण्डहरुमा पहिरो गएर दुख दिएको छ त्यस ठाउँमा बैकल्पिक सडकको टट्कारो खाँचो परिरहेको छ समस्याको समधानतर्फ सबैजना लाग्न जरुरी देखिएको छ हैत ।
प्रतिक्रिया दिनुहोस्