२०८१ भाद्र २३
९८५७६५०३३४, ९८५७६५००९३

जोमसोम देखि कागबेनी सडकः अस्फाल्ट प्रविधिमा कालोपत्र हुने

 

कार्तिक २१, जोमसोम — हिमालपारिको जिल्ला मुस्ताङमा रहेकोे जोमसोम–कोरला सडक अन्र्तगत जोमसोम–कागबेनी १३ किमी सडकमा कालोपत्र बेस निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भौतिक पूर्वाधार मन्त्रालयले २०७८ सालमा जोमसोम—कागबेनी सडकमा कालोपत्रे गर्न बजेट विनियोजन गरेको थियो ।

आयोजनाका सूचना अधिकारी ईन्जिनीयर बिष्णु चापागाईका अनुसार जोमसोम–कागबेनी कालोपत्र सडकको पछिल्लो भौतिक प्रगती ४० प्रतिशत रहेको जानकारी दिए । सम्झौता अवधि चालु आर्थिक वर्ष २०८० को असोज ३ सम्म रहेको जोमसोम–कागबेनी कालोपत्र सडक निर्माणको कामलाई १ वर्ष म्याद थप गरी २०८१ को असोज ३ गतेसम्म पू¥याईएको छ । म्याद सकिएको डेढ महिनामा जेभी कम्पनी रौताहाले कालोपत्र सडक स्तरोन्नतिको कामलाई तिब्रता दिएको हो ।

२०७८ साल असोज ४ गते ठेक्का सम्झौता भएको यस सडक खण्डको जोमसोम–कागबेनी१३ किमी सडकको सम्झौता लागत २८ करोड १४ लाख छ । सडकलाई थप स्तरोन्नति गरी दुई वर्ष भित्र कालोपत्र गर्ने गरी रौताहा आत्रेय जेभीले सम्झौता गरेको थियो । तर,निर्माण ब्यवसायीले सम्झौता अवधि सकिन लाग्दा समेत सडक स्तरोन्नति तथा कालोपत्र गर्ने काम बिभिन्न कारणले हुन सकेको थिएन । अहिले उक्त सडकलाई कालोपत्र गरि सम्मपन्न गर्नको लागी १ वर्ष म्याद थप गरी २०८१ को असोज ३ गतेसम्म पू¥याईएको आयोजनाका सूचना अधिकारी ईन्जिनीयर बिष्णु चापागाईले हिमालपारिको आवाजलाई जानकारी दिए ।

आयोजनाका सूचना अधिकारी ईन्जिनीयर चापागाइका अनुसार जोमसोम–कागबेनी कालोपत्रका लागि रेटेनिंग वाल लगाउने, बेस्ट वाल, सवग्रेड, कल्भर्ट, ड्रेन निर्माण , सवबेस र रिभर प्रोटेक्सन लगायतको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाका अनुसार दशैं अघिसम्म कालोपत्रका लागि सव वेस बिच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको र त्यसपछि प्राईम ट्रयाक गरेर अस्फाल्ट कालोपत्र गर्ने तयारी भईरहेको चापागाइले बताएका छन् । जोमसोम–कागबेनी सडकमा कालोपत्र बिच्छ्याउने तयारी भईरहँदा दशैं अघि घर गएका मजदुरहरु काममा फर्किएका छैनन् । ईन्जिनीयर चापागाईले तिहारपछि कालोपत्रको कामलाई अघि बढाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्