२०८१ मंसिर २५
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङ र डोल्पालाई सडक संञ्जालले जोड्यो 

 

कार्तिक १७ जोमसोम—हिमाली जिल्ला मुस्ताङ र डोल्पालाई सडक संञ्जालले जोडेको छ । गएकाे शनिबार मुस्ताङबाट डोल्पा र डोल्पाबाट मुस्ताङको सीमाना क्षेत्रमा ट्याक्टर पुगेसंगै  मुस्ताङ र डोल्पा सडक संञ्जालले जाेडिएका हुन । नेपालका यी दुई हिमाली जिल्ला सडक संञ्जालमा जाेडिएसंगै स्थानीयहरु खुसी भएका छन् । मुस्ताङ र डोल्पाको सीमाना सेटाङथाङसम्म दुबैतिरका ट्याक्टरहरु मालसमान ढुवानी सहित त्यस क्षेत्रमा पुग्दा उपल्लो डोल्पा स्थित छार्का ताङसुङका वडाध्यक्ष धवालवाङ गुरुङले निर्माण कम्पनीका उपकरण चालक  ,मुस्ताङका प्रतिनिधि र डोल्पा स्थित छार्का ताङसुङको अध्यक्ष सेनाङ गुरुङलाई अविरसहित खाँदा लगाएर सम्मान गरेका थिए ।

सरकारले गण्डकी प्रदेशको मनाङ—मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा—मुगु जोड्ने रणनीतिक महत्वको सडक अनतर्गत आ.व.२०७५/०७६ सालदेखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ को पाक्लिङदेखि साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणको कामलाई अघि बढाएको थियो । मुस्ताङ,डोल्पा सडकका लागि त्यस क्षेत्रका ६ स्थानमा विभिन्न निर्माण कम्पनीले नयाँ ट्याक खोल्ने र सडक स्तरोन्नतिको काम पाएका थिए । मुस्ताङ ,डोल्पा सडकका लागि नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत रहेर डिभिजन सडक कार्यालय बाग्लुङकाे मातहतमा  रहेर  सडक निर्माणकाे लागि २० करोड लगानी भईसकेको छ ।

६ महिना अघि मुस्ताङ देखि डोल्पासम्मकाे  ४६ .५ किलोमिटर सडकको ट्याक निर्माण  भईसकेकाे  डिभिजन सडक कार्यालय बाग्लुङले जनाएकाे छ । बाकी  १० किलोमिटरको जोखिमयुक्त कडा चट्टान काटेर मुस्ताङदेखि डोल्पासम्मकाे सडकको ट्याक निर्माण  गरिएको हो । गत वर्ष नयाँ ट्याक निर्माण गर्न  भौतिक पूर्वाधार मन्त्रालयले ३ करोड १७ लाख बजेट विनियोजन गरेको थियो । चालु  आ.बमा  नयाँ ट्याक खोल्न  भौतिक पूर्वाधार मन्त्रालयले २ करोड बजेट  विनियोजन गरेकाे थियो । मुस्ताङदेखि डोल्पा जोड्ने अन्तिम बिन्दुको नयाँ ट्याक निर्माण गर्नका लागि सिखा ईन्जिनीयरिङ र पम्फा जेभी कन्ट्रक्सनले जिम्मा पाएका थिए । समुन्द्री सतहदेखि ४५ सय मिटरको अग्लो उचाईबाट  सडक विस्तार काम गरिएकाे हाे  । हिमाली क्षेत्रका ४ जिल्लाका बासिन्दाहरूलाई यातायातको सुविधा,मालसामान ढुवानी र पर्यटकीय मार्गलाई सहजता प्रदान गर्न याे सडकबाट सहज हुने वारागुङ मुक्तिक्षेत्र ५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए । सडक नहुँदा उपल्लो डोल्पाका बासिन्दालाई मुस्ताङ आएर मालसामान ढुवानी गर्नु पर्ने बाध्यता थियाे सडक निर्माण भएसंगै सबैखाले समस्याहरू हटेका छन् ।

उपल्लो डोल्पाको छार्का ताङसुङ गाउँपालिकाले मुस्ताङतर्फ सडक निर्माण गर्ने काम गरेको थियो । मुस्ताङदेखि डोल्पाको सामुहिक प्रयासबाट हिमाली जिल्ला डोल्पा र मुस्ताङ ४ वर्षपछि सडक संञ्जालले जोडिएको वारागुङ मुक्तिक्षेत्र ५ का वडाध्यक्ष गुरुङले जानकारी दिए ।

सडक विस्तारसंगै अब एकैदिन डोल्पा आउजाउ गर्न सकिने छार्का ताङसुङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले बताए । उनले भने उपल्लो डोल्पाका बासिन्दालाई सदरमुकाम दुनै भन्दा मुस्ताङको जोमसोमबाट मालसामान ढुवानी गर्न सहज हुने। त्यस क्षेत्रका सेवाग्राही बताउछन् ।

प्रतिक्रिया दिनुहोस्