२०८१ भाद्र ३०
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङमा गाँजाकाे बाेट नष्ट गर्दै प्रहरी

 

माघ २६ जाेमसाेम / जिल्ला प्रहरी कार्यलय मुस्ताङले प्राकृतिकरुपमै उम्रिएका गाँजाकाे बाेट फडानी अभियान संन्चालन गरेकाे छ । अभियानमा ईलाका प्रहरी कार्यालय लेते र प्रहरी चौकी कोवाङबाट खटिएको प्रहरी टोलीले थासाङ गाउँपालिकाकाे ५ टिटी ताल वरपर रहेका गाँजाको बोट फडानी गरेको हो ।

नेपालमा अवैंध रुपमा रहेकाे गाँजा फडानी गर्न ईलाका प्रहरी कार्यालय लेते र प्रहरी चौकी कोवाङबाट ८ जनाको प्रहरी टोली थासाङको टिटी पुगेको हाे ।प्राकृतिक रुपमा उम्रिएका करिव ४ हजार गाँजाकाे बाेट नष्ट गरेको प्रहरीले जनाएकाे छ ।

पर्यटकहरुकाे राेजाईमा परेकाे टिटी ताल घुम्न जाने युवायुवतीहरुले प्राकृतिक रुपमा उम्रिएका गाजा सेवन गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले गाँजा फडानी गरेको मुस्ताङका प्रहरी प्रमुख भोजराज पाण्डेले जानकारी दिए ।

अभियान अन्तर्गत अघिल्लो बर्ष पनि सोही स्थानमा रहेकाे ४ रोपनी सार्वजनिक जग्गामा फैलिएको गाँजाकाे बाेट फडानी गरी नष्ट गरेको थियो । प्रमुख पाण्डेले आगामी दिनमा पनि गाँजा उम्रिने बेलामा प्रहरी टोली परिचालन गरी अवैध गाँजाका बिरुवा फडानी गर्ने योजना रहेको बताए ।

लागु औषध भित्र पर्ने गाँजा मुस्ताङको थासाङगाउँ पालिकाकाे केही क्षेत्रमा प्राकृतिक रुपमै उम्रिने गरेको पाईन्छ । यसले गर्दा जिल्लाका स्थानीय युवायुवतीका साथै मुस्ताङ घुम्न अाउने पर्यटकले समेत गाँजाको सेवन तथा दुरुपयोग गर्नसक्ने भएकाले प्रहरीले गाँजा फडानी अभियान चलाएको पाण्डेले बताए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय मुस्ताङले फागुन महिनाको पहिलो सातादेखि जिल्लामा रहेका सामुदायिक तथा निजी विद्यालयहरुमा लागु औषध सम्वन्धि सचेतना कार्यक्रम संञ्चालन गर्ने तयारी गरेकाे जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्