२०८१ आश्विन १९
९८५७६५०३३४, ९८५७६५००९३

भन्सार छली गरि ल्याईएका ४ वटा मोटरसाईकल प्रहरीकाे नियन्त्रणमा

 

मंसिर ६ जोमसोम/ अवैंध रुपमा भन्सार छली गरि ल्याईएका ४ वटा चाईनिज कम्पनीका मोटरसाईकल  जिल्ला प्रहरी मुस्ताङले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएका टोलीले नेपाल,चीन सीमानाकाबाट चोरी गरी ल्याईएका चाईनिज मोटरसाईकलहरु सोमबार दिउँसो ४ बजे मुस्ताङ र डोल्पाको सीमा क्षेत्र साङ्ता गाउँ नजिकबाट बरामद गरेको हो ।

नेपाल,चीन सीमानाकाबाट अवैंध रुपमा भन्सार छली गरि चाईनिज मोटरसाईकल लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएकाे प्रहरी टोलीले मुस्ताङ, डोल्पा सडकको सीमाक्षेत्रबाट ४ वटा मोटरसाईकल फेला परेको प्रहरी नायव उपरीक्षक डिएसपी भोजराज पाण्डेले जानकारी दिए ।

अवैंध रुपमा भित्र्याईएका ४ वटा चाईनिज कम्पनीको मोटरसाईकलको बजार मूल्य रू १० लाख सम्म पर्ने जनाएकाे छ ।  २ सय सीसीको लिफन कम्पनीको हरियो, कालो रंङ रहेको १ वटा, १२५ सीसीको रातो,कालो रङ रहेको होनलि कम्पनीको  १ वटा,  १५० सीसीको रातो, कालो रङ रहेको यानग्याङ कम्पनीको १ वटा र २५० सीसीको कालो सेतो रातो रङ रहेको जिङगुईगन ,जेटवाई  मोटरसाईकल बरामद गरेकाे हो ।

प्रहरीले दिएकाे जानकारी अनुसार ३ वटा मोटरसाईकलकाे मूल्य २/२ लाख रहेकाे छ । भने २५० सीसीको मोटरसाईकलको मूल्य ४ लाख रहेकाे छ भंन्सार छलि गरि ल्याईएका मोटरसाईकललाइ आवश्यक कारवाहीका लागि मुस्ताङ भन्सार कार्यालय जोमसोममा पठाईएको छ । गत कार्तिक २७ गते औपचारिक रुपमा नाका खुल्ला भएसंगै उक्त नाकामा व्यापारीक गतिविधि बढेकाे छ । नाका क्षेत्रमा हुने अबैध गतिविधिलाइ राेक्न प्रहरी सक्रिय रूपमा परिचालित भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्