
कार्तिक २६ नवलपुर/ नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ८ मुण्डेमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । आज बिहान बुलिङटारबाट कावासोती आउँदै गरेको जीप गोरे घुम्तीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।
मृतकमध्ये तीन महिला तीन पुरुष रहेको प्रहरीले जनाएकाे छ ।जिपमा सवार एक जना गम्भीर घाइते भएको पौडेलले बताए । मृतकहरुकाे पहिचान भने खुलेको छैन । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डण्डा पठाइएकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्