
जाेमसाेम/मुस्ताङको वारागुङ मुक्तिक्षेत्र (४ कागबेनीमा अवस्थित दुई वटा बैंक तथा वित्तीय संस्थाको १ करोड ७० लाख रकम भेटिएको छ। अविरल वर्षाका कारण गत साउन २८ गते साँझ आएको बाढीले कागबेनीमा रहेको दुई वटा बैंक तथा वित्तीय संस्था बाढीले डुबानमा पारेको थियो।
बाढीका कारण लेदोमा पुरिएर रहेको भल्टहरु भने निकालीएको छ । संञ्चालनमा रहेको प्रभु बैंक शाखाको ६५ लाख नगद मौज्याद शुक्रबार भेटिएको थियो र आईतबार दिउँसो २ बजे कागबेनी शाखा रहेको अर्को नेपाल ईन्भेष्टमेण्ड मेगा बैंक (एनआईएमबी) को नगद मौज्याद रहेको १ करोड ५ लाख भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलन बहादुर विकले जानकारी दिए ।
बाढीका कारण त्यससमय बैंक तथा वित्तीय संस्था रहेको घरसँगै २९ घरमा पूर्ण क्षति भएको थियो भने १३ घरमा आशिंक क्षति भएको थियो।
प्रतिक्रिया दिनुहोस्